माघ ११,
काठमाडौं । भारतीय टेलिभिजनकी नायिका सेजल शर्माले आत्महत्या गरेकी छन् ।
पछिल्लो समय स्टार प्लसको चर्चित सिरियल दिल तो हेप्पी है जी मा प्रमुख भूमिका निर्वाह गरेकी शर्माले शुक्रबार राती घरमै झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले आफू लामो समयदेखि डिप्रेसनमा रहेकोले आत्महत्या गरेको भन्दै सुसाइट नोट लेखेको प्रहरीले बताएको छ ।
यसअघि केही समय अगाडि अभिनेता कुशल पंजावीले पनि आत्महत्या गरेका थिए ।
प्रतिक्रिया