ताजा अपडेट »

कांग्रेस रुपन्देहीले सुरु गर्यो १० दिने विषेश आन्तरिक अभियान

मंगलबार, २३ साउन २०८०
1 Shares

बुटवल । नेपाली कांग्रेस रुपन्देहीले पार्टीको १० दिने विषेश अन्तरिक अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय समीतीको निर्णय अनुसार जिल्लामा पनि विषेश आन्तरिक अभियान सुरु गरीएको काँग्रेसले जनाएका छ पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाई त्यसको सुधार गर्दै पार्टीलाई एक्काईसौ सताब्दिको गतिशिल, चलायमान, सवल एवं सक्षम बनाउने उद्देश्यले आन्तरिक अभियान सुरु गरीएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए ।

उनका अनुसार अभियानका लागि केन्द्रीय समितीबाट केन्द्रीय सदस्य पुस्पा भुसाल, प्रदेश समितीबाट गुल्मीका पुर्व पार्टी सभापति त्रिलोकी प्रताव सिंह प्रतिनिधीको रुपमा खटीएका छन् । प्रतिनिधीहरुले अभियानको उद्देश्यबारे जिल्लालाई जानकारी गराएका थिए । त्यसको साथै मँगलवार बसेको जिल्ला कार्य समीतीको बैठकले क्षेत्र र स्थानीय तहमा जिल्लाबाट प्रतिनिधी खटाउने निर्णय गरेको छ । केन्द्र र प्रदेश प्रतिनिधीको उपस्थितीमा यहि साउन २५ गते क्षेत्र नं १, २६ गते क्षेत्र नं २, २८ गते क्षेत्र नं ३, २९ गते क्षेत्र नं ४ र ३० गते क्षेत्र नं ५ मा क्षेत्रीय एवं प्रदेश समितीसँग कार्यक्रम हुने सो पार्टीले जनाएका छ । जिल्ला बाट खटीएका प्रतिनिधीहरुले पालिका समितीसँग समन्वय गरेर यहि बीचमा कार्यक्रम गर्ने र साउन ३२ गते अभियानको औपचारिक समापन गरीने सचिव हरि काफ्लेले जानकारी दिए ।

उनका अनुसार जिल्लाले पनि क्षेत्र नं १ मा कोषाध्यक्ष हरि प्रसाद अर्याल, क्षेत्र नं २ मा सह सचिव वासुदेव रिमाल, ३ मा सचिव हरी काफ्ले, ४ मा सहसचिव बिष्णु थापा र क्षेत्र नं ५ मा सचिव परमानन्द भट्टराईलाई खटाएको छ । त्यस्तै जिल्ला सदस्यहरुलाई स्थानीय तहमा खटाईएको छ । देवदह नगरपालीकामा राजकुमार काफ्ले, तिलोत्तमामा सिता पोख्रेल, ओम सतियामा मोहम्द सलिम खाँन, रोहिणीमा तिलक ज्ञवाली, बुटवलमा खिम क्षेत्री, शैनामैनामा सुनिता चौधरी, सिद्धार्थनगरमा हरिकला पाण्डे, सियारीमा कविता लम्साल, सुद्धोधनमा तारा चौधरी, मायादेविमा शुष्मा हमाल, कोटहीमाईमा प्रियङ्का शाही, मर्चवारीमा डिल बहादुर चौधरी, सम्मरीमाईमा प्रकाश गुप्ता, लुम्विनीमा जिवन बन्दु तिवारी, गैडहवामा रुद्रमान चौधरीलाई खटाइएको छ ।