बुटवल । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि बिगत ५ वर्ष देखि लगातार यस क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ । वर्ष २०२३/२०२४ को कार्ययोजना अन्तर्गत संस्थाका अध्यक्ष सागर शर्माको अध्यक्षतामा बुटवल नगरबासीका लागि बृहत् मधुमेह रोग समबन्धी सचेतना, नि:शुल्क परिक्षण कार्यक्रम तथा चिसो पिउने पानी बितरण कार्यक्रम गरेको छ ।
डिस्ट्रीक सेकेन्ड भिडिजी पिएमजेएफ बालाराम भट्टराईको प्रमुख आतिथ्यता, बिशिस्ट अतिथि डिस्ट्रीकको चिफ यड्भाइजर लायन सुरेश रत्न बज्राचार्य, अतिथी रिजन चियर पर्सन लायन उमानाथ अधिकारि जोन चियर पर्सन लायन खेम थापाको आतिथ्यता मा सम्पन्न भएको हो । कार्यक्रममा जम्मा १९८२ जना को सुगर परिक्षण गरिएको थियो भने हराजौ मानिस हरुले बिपि चेक गर्नुका साथै चिसो पिउने पानी पिउनु भयका थिए। प्राबिधिक सहयोग लिट्स कलेज बाट भयको थियो।
कार्यक्रम सन्चालन संस्थाका सचिब केशब पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य पुर्व अध्यक्ष लायन खेम थापाले गरेका थिए । कार्यक्रम अति प्रभाब्कारी भयको महसुस गर्दै प्रमुख अतिथी पिएमजिएफ बालाराम भट्टराईज्यु कार्यक्रम सम्योजक लायन सुरेन्द्र भारीलाई सर्भिस पिन लगाई सम्मान गरेका थिए । बुटवल हाट्बजार मा भयको यस कार्यक्रममा करिब ७ घन्टा सम्म सेवा प्रदान गरिएको थियो ।
प्रतिक्रिया