भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले रुपन्देहीलाई पार्टीको राजनितिक खेलमैदान नबनाउन आग्रह गरेका छन् । जिल्लालाई राजनितिक खेलमैदान हुँदा पार्टी कमजोर हुने र पार्टी कमजोर हुँदा एउटा नेता मात्र नभै पार्टीसंग जोडीएका सवै नेता कार्यकर्ता कमजोर हुने भन्दै उनले पार्टीलाई कमजोर नभइ बलियो बनाउने तर्फ सबै लाग्नुु पर्ने बताए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा (क) को प्रथम सम्मेलनको शनिवार भैरहवामा उदघाटन गर्दै नेता खाँणले जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको स्मरण गराउदै उनले सबैको साझा भएर पार्टीलाई गतिशिल, बलियो र चलायमान बनाउन लाग्नुु पर्नेमा जोड दिए । "ब्यक्तीगत रुपमा को कससंग नजीक छ वा कसले कस्लाई नेता मान्छ भन्ने कुरा गौण हो । समग्रमा हामी पार्टीको हितमा लाग्नुु पर्छ । पार्टी कमजोर बनाउने गतिविधि गर्दा सवै कमजोर भइन्छ , "उनले भने ।
प्रदेश सभापति सुुरेन्द्रजंग थापाको सभापतित्व, उपसभापति गोविन्द प्रसाद बस्यालको स्वागत, सचिव यमबहादुर थापाको संचालनमा भएको कार्यक्रममा क्षेत्रीय सभापति शुुसिल गुुरुङ्ग, प्रदेश सभा सदस्य देवि प्रसाद चौधरी, सिद्धार्थ नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान, लगायतले बोल्दै पार्टीलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा एकल प्रतिस्पर्धा गर्न सक्षम बनाउने तर्फ लाग्नुु पर्ने बताए । कार्यक्रममा सचिव सुधा कुँवरले बार्षीक प्रतिवेदन एवं कोषाध्यक्ष दिपक कुँवरले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिक्रिया