बुटवल । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा परिचित सिजन मिडिया १५ औँ वर्षमा प्रवेश गरेको छ। असोज १५ गते सिजन मिडियाले आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसरमा काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ ।
लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुवइमा सम्पर्न भएको थियो।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सास्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्ष भन्दा वढी समय निरन्तर काम गरि सफलता प्राप्त गरेका र हाल विभिन्न काममा क्रियाशील रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए । “सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ।” उनले भने ।
सकारात्मक सोच राखौं व्यवसायीक तथा सामाजिक दायित्व पूरा गरौ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौ भन्ने कार्यक्रमको ध्येय रहेको उनले बताए लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ ।
प्रतिक्रिया