ताजा अपडेट »

गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु

विहीबार, १८ साउन २०८०

गुल्मी । बिहिबार बिहान गुल्मीमा घाँस काट्ने क्रममा एक महिलाको लडेर मृत्यु भएको छ । गुल्मी मुसिकोट नगरपालिका ४ डाँडाथोक मालचिदी की ३६ वर्षिया फुलकुमारी नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लिनारायण पाण्डेका अनुसार स्थानीय ढुङ्गेठाटी सामुदायिक बनमाछिमेकी सहित घाँस काट्न गएकी नेपाली अचानक लडेर करिब २ सय मिटर तल भिरमा खस्दा मृत्यु भएको थियो । बिहान ९ बजेतिर घटना घटेको र शव उठाएर घरमा ल्याइएको जानकारी वडाध्यक्ष जुक्तबहादुर छन्त्यालले दिएको प्रहरीले जनाएको छ ।