ताजा अपडेट »

चमेराको सुपबाट कोरोना भाइरस मानिसमा सरेको आशंका

शुक्रबार, १० माघ २०७६

माघ १०,

काठमाडौँ । चीनमा देखिएको नयाँ भाइरस कोरोनाले महामारीको रुप लिने खतरा देखिएको छ । कोरोना भाइरसबाट हालसम्म २७ जनाको ज्यान गइसकेको छ । चिनियाँ अधिकारीले भाइरसको संक्रमणबाट हालसम्म २७ जनाको ज्यान गएको बताएका छन् । ८०० भन्दा बढी मानिस संक्रमित भएको उनीहरूको भनाइ छ ।

भाइरस फैलिँदै गएपछि चीन सरकारले त्यहाँका विभिन्न शहरमा हिडडुल र आवतजावतमा बन्देज लगाएको छ । घातक मानिएको नयाँ भाइरस चीनबाट थाइल्याण्ड, दक्षिण कोरिया, ताइवान, अमेरिकामा पनि फैलिएको छ । विश्वभर विस्तार हुने खतरा देखा परेपछि नेपालसहित दक्षिण एसियाली मुलुकमा सतर्कता अपनाइएको छ । वैज्ञानिकहरूले सर्प र चमेरोबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने बताएका छ्न् । यसै क्रममा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा चमेरोको मासु र सुप खाएकी एक चिनियाँ युवतीबाट अन्यमा सरेको बताइएको छ । डेली मेलका अनुसार भिडियोमा एक युवतीले चमेरोको मासु र सुप खाएको देखाइएको छ । मासु र सुप खाएपछि उनलाई भाइरसले संक्रमण गरेको हुन सक्ने भिडियोमा उल्लेख छ ।

एक चिनियाँ वैज्ञानिकले पनि सर्प वा चमेराबाट कोरोना भाइरस मानिसमा सरेको दाबी गरेका छन् । चीनमा सर्प र चमेरोको मासु र सुप सेवन गर्ने प्रचलन रहेकाले पनि यस्तो आशंका र दाबी गरिएको हो अमेरिकी समाचार माध्यमले सिएनएनले पनि चिनियाँ करेट वा गोमन सर्पबाट भाइरस मानिसमा फैलिएको हुन सक्ने बताएको छ । यसअघि कैयौंको ज्यान लिएको सार्स समेत चमेरो र सर्पबाट फैलिएको वैज्ञानिकको दाबी छ । तर विश्व खाद्य संगठनले भने समुन्द्रमा पाइने खाद्य चीज (सी फुड्स) बाट कोरोना फैलिएको हुन सक्ने बताएको छ ।- एजेन्सी