ताजा अपडेट »

एकल महिला माथि समाजको दृष्टि सम्बन्धी जनचेतनामूलक सडक नाटक

बुधबार, १७ साउन २०८०

बुटवल । समाजमा एकल महिलालाइ हेर्ने दृष्टिमा परिवर्तन ल्याउन जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ।मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना एव क्रुवे वुस्ट्रोको सहयोगमा स्थानीय कलाकारहरुले नाटक प्रस्तुत गरेका हुन।

कलाकारहरु बाबुराम घिमिरे, बिजय पोख्रेल, सुमित्रा चापागाईं, कपिल देब अधिकारी, कामना लम्साल, बिमला गैरे, मिनु कार्की,कमल गुरुङ लगायतले नाटक मञ्चन गरेका हुन। कलाकारहरुले घर परिवारले एकल महिलालाई हेर्ने नजरको बारेमा जानकारी दिदै समाज परिवर्तन गर्न सुझाब दिनेगरी प्रस्तुत गरेका थिए।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले एकल महिलालाइ रोजगारीमा जोड्ने खालको कार्यक्रम ल्याएको बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ अध्यक्ष ज्ञान बहादुर रेश्मी,अस्थायी प्रहरी चौकी देबिनगरका प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपाने, मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठ, सचीव रिता सेन, वडा सदस्यहरु राम प्रसाद न्यौपाने,कला केसी,दिबि डङोरिया,होटल ब्यवसायी केशव राज पाण्डे,गङा घिमिरे, सुमित्रा नेपाल, हिरा भण्डारी लगायतले बोलेका थिए।