बुटवल । एनएमबि बैंक सुनवल शाखाले श्रावण महिनाको अवसरमा महिला दिदीबहिनीको लागि मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरेकोछ । पवित्र श्रावण महिनामा महिला दिदिबहिनीहरुलाइ मेहेन्दी लगाउने कार्यक्रम गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जानकारी गराए।
नारीहरुले विषेश उत्सवको रुपमा श्रावण महिनालाइ लिने गरेकोले सुनवल क्षेत्रका करिव एक सय महिला दिदिबहिनीहरुलाइ मेहेन्दी लगाउने कार्यक्रम गरिएको शाखा प्रबन्धक ज्ञवालीले बताए । श्रावण महिनाभरी नेपाली महिला दिदीबहिनीहरु सौभाग्यको लागि हातखुट्टामा मेहेन्दी लगाउने, हरियो पहेलो रंगको बस्त्र धारण गर्ने, हरियो पहेलो रंगको चुरा लगाउने तथा सोमबार उपवास बस्ने गर्दछ्न।
यस श्रावण- मेहेन्दी लगाऔ, एनएमबि सगै रमाऔ भन्ने नाराका साथ एनएमबि बैंकले देशभरका सातै प्रदेशका विभिन्न शाखाहरुमा मेहेन्दी लगाउने कार्यक्रम सप्पन्न गरेको हो । एनएमबि बैंक सुनवल शाखाले मेहेन्दी लगाउने कार्यक्रम सगै सहभागी सबैलाई साउन १५ को मिठो खिर खुवाएको थियो। एनएमबि बैंकले गत सालदेखि नै महिलाहरुको लागि विभिन्न सुबिधा सहितको स्मार्ट नारी बचत खाता संचालनमा ल्याएको छ ।
एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १३८ एटिएमहरु र ओमसोतिया सगै १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
प्रतिक्रिया