ताजा अपडेट »

हेनरी किसिनजरको चीन भ्रमण

सोमबार, १५ साउन २०८०

परराष्ट्र मामिला र वैैदेशिक मामिलामा प्रख्यात मानिएका एक जना प्रतिष्ठित व्यक्ति हेनरी किसिनजको चीन भ्रमणले विश्वमञ्चमा नै फेरी एकपटक तरङ्ग मच्चिएको छ । जुलाई महिनाको मध्यतिर उनी चीनका राष्ट्रपति सि चिनफिङसँग भेटघाट गरेका थिए । रमाईलो कुरा के छ भने यी पात्र तिनै हुन जसले भियतनाम युद्धको बखत १९७२ मा चिन भ्रमण गरेका थिए ।

परिस्थीति भिन्नै बिलकुल छैन उस्तै छ । यति बेला रुस युक्रेन बिच युद्ध चलिरहेको छ । उमेरका हिसाबले हेनरी किसिनजर १०० पुगिसकेका छन तर कुटनीतिक बृत्तमा उनको हलचललाई योङ्ग डिप्लोम्याटका रुपमा मानिसहरु परिभाषित गर्ने गर्दछन । यो अनौपचारिक भ्रमणको विषयलाई लिएर वासीङ्टनमा खैलाबैला मच्चिएको छ ।

किसिनजर १०० औं पटक चीन भ्रमण गरिसकेका छन् यो विषयलाई लिएर पटक पटक चर्चा हुनु स्वभाविक नै हो । उनी वैदाशिक विभागिय अवस्थामा होस वा वैदेशिक नीति निर्माण कार्यमा सहभागि भएको अवस्थामा उनको बारेमा चर्चा हुनु कुटनीतिक तवरले पनि उनी परिपक्व कुटनीतिज्ञ हुन भन्नेमा सरोकारवालाहरुको अभिमत जाहेर भएको देखिन्छ । निक्सन अमेरिकी राष्ट्रपति भएको बेलामा माओ र चाउनएनसँग वार्तालाप गरी “साङघाई कम्युनिकी” नामक वक्तव्य जाहेर गरेका कुरा पत्रपत्रिका र अखवारहरुमा प्रशस्त अध्ययन गर्न पाईन्छ । किसिनजर हाल कुनै पदमा नरहेतापनि भुतपुर्वका हिसावले रणनीतिक भम्रण हो भन्ने मा वासीङ्टनले आन्तरिक मामिलामा विश्वास भने राखेको हुनु पर्दछ ।

अमेरिका कुटनीतिक मामिलामा ध्रुर्त र चतुर छ । हुन् त राजनीतिमा न स्थायी शत्रु हुन्छन् न स्थायी मित्र हुन्छन् । अहिले युरोप र मध्य पूर्वका मुलुकमा देखिएका अमेरिकी हेजीमोनी बिरुद्धका मतभिन्नताका अभिमतका कारण शक्ति संचितिकरणमा अमेरिकालाई धक्का पुगेको हुन सक्छ । हुन त बेजिङ्ग पनि कुनै न कुनै कारणबाट समस्या ग्रस्त छ र उसले अमेरिकी हेजीमोनिबाट चिडीएका मुलुकलाई आफ्नो पक्षमा तान्न कोसिस गरिरहेको छ । यो “साईलेन्स पावर कन्जबसन” को खेलमा बेजीङ र वासिङटन एक अर्कामा प्रतिसप्रधा गरिरहेका छन ।

उता रुस भने चिन र अमेरिकाको साईलेन्स मनोटक्रावका कारण आफु सुपर पावरमा पुगिन्छ की भनेर आसे खेती गरिरहेको थियो । तर शोभियत संघ कालमै बिघटित युक्रेन एकाएक रुसको नयाँ संकट बनेर आयो । युक्रेनी राष्ट्रपति जेलेन्सी रुस बिरुद्धमा उभिए र युक्रेनी पक्षमा विश्वका अधिक शक्ति जेलेन्सी कदमको पक्षमा समर्थन जुटाए । यसले रुसलाई लामो समय द्धन्दमा झेलीरहन बाध्य बनायो ।

इतिहासले त्यस्तै पुष्टि गर्दछ जती बेला शित युद्ध चल्दै थियो सुपर पावर बन्न अभ्यासरत शोभियत युनियन एकाएक अप्रत्यासित ढंगबाट बिघठित भई रुसमा मात्र सिमित हुन पुग्यो । राजनीतिमा अथवा युद्धमा आफुले सोचे जस्तो कहाँ हुन्छ र ? उद्धेश्य भिन्नै हुन्छ तर परिस्थिती सँग सौदाबाजी गर्नुपर्दछ । शित युद्धको अन्तय सँगै अमेरिका सुपर पावर देशको रुपमा परिचित भयो र हालसम्म पनि एक धुर्विय विश्वको नेतृत्व गरिरहेको छ ।

किसिनजरले यस्तै मौका चीनसँग खोजिरहेका हुन सक्छन । रुस र युक्रेन बिचको द्धन्दबाट बेजिङलाई अघि सार्दा रुस र बेजिङ बिच फाटो उत्पन्न गर्नु नै किसिनजरको भ्रमणको अमेरिका चीन कुटनीति हुन सक्दछ । यसले राजनीतिक, आर्थिक र सामाजिक रुपमा कमजोर हुँदै गईरहेको अमेरिकालाई शक्ति संचितीकरणमा फाईदा हुन सक्दछ । महाभारतका अत्यन्तै प्रभावशाली चरित्र अझै युद्ध निर्माणका अमुक पात्र भिष्मपितामह आजिवन कौरवको पक्षमा लडिरहे तर युद्धको अन्तय पश्चात पाण्डव कै शरणमा परेर मृत्युवरण गरे ।

हेनरी किसिनजर पनि आजिवन अमेरिकाका लागि काम गरेका छन् । चीनियाँ पक्षको हितका खातिर उनी उभिन्छन भन्नेमा विश्वास राख्ने आधार छैन बरु माथि हरफमा उल्लेख गरिएझै रुस र युक्रेन बिचको द्धन्दबाट बेजिङलाई अघि सार्दा रुस र बेजिङ बिच फाटो उत्पन्न गर्नु नै किसिनजरको भ्रमणको अमेरिका चीन कुटनीति हुन सक्दछ भन्ने अर्थ चाही सिद्ध हुन सक्दछ ।

एसिया क्षेत्रमा सिफ्टिङ हुन खोजिरहेको शक्ति, सामथ्र्य र श्रोतसाधनको मानकलाई अमेरीकाले सजिलै शक्ति हस्तानतरण गर्ने वाला छैन् । बरु डिभाईड एण्ड रुल अन्तर्गत आफु शक्ति केन्द्रमा रहने र दुई ध्रुर्विय विश्व वा बहुधुर्विय विश्व हुन नदिनका लागि विभिन्न हतकण्डा अपनाईरहेको हुन्छ । यद्यपी हेनरी किसिनजरले अमेरिका र चीन बिचका आन्तरिक सम्बन्धका विषयमा सम्बन्ध नविकरणको माध्यमलाई अघि बढाउनुलाई चीनले नै त्रिनेत्र खोल्न आवशयक छ । हिन्द प्रशान्त क्षेत्रमा खुदै चीनको सरोकार रहेको साउथ चाईना सि, सिन्ज्याङ प्रान्त र ताईवान मामिलामा समेत चिन सजक हुनु पर्दछ ।