ताजा अपडेट »

कञ्चनपुरबाट वन मुद्धाका फरार प्रतिवादी पक्राउ

आइतबार, १४ साउन २०८०

कञ्चनपुर । कञ्चनपुरमा वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको  भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्कीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। कार्कीलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते ‘वन पैदावार पाँचऔले चोरी निकासी मुद्धामा’ एक वर्ष कैद सजाय सुनाइएको थियो।

उनी सोहि दिनबाटै फरार रहेका थिए। कार्कीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अदालतले सजाय  भुक्तानको लागी कारागार चलान गरेको छ।