ताजा अपडेट »

कालिका मानवज्ञानमा उपाधि विजेतालाई सम्मान

शुक्रबार, १० माघ २०७६

माघ १०,

ग्लोबल आवाज

बुटवल । कालिका मानवज्ञान विद्यालयले राष्ट्रपति रनिङ शिल्ड छनौँट प्रतियोगितामा उपाधि जित्ने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले उपाधि विजेता आफ्ना विद्यार्थीहरुलाई शुक्रबार सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विद्यालयले १० स्वर्ण, ७ कास्य र ७ रजत सहित कूल २४ पदक सहित उपाधि जित्न सफल भएको थियो । प्रतियोगितामा सहभागी भई विभिन्न पदक विजेता विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष होमबहादुर गलामी र प्राचार्य घनश्याम पाठकले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष गलामीले कालिका शैक्षिक गतिविधीसँगै खेलकूदको क्षेत्रमा समेत अब्बल सावित भएकोमा खुसी व्यक्त गरे ।

अभिभावकहरुको मन जित्न सफल विद्यालयको सफलताका लागि शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको मेहनत राम्रो रहेको उनले उल्लेख गरे । कार्यक्रममा बोल्दै प्राचार्य गौतमले विद्यालयको शैक्षिक गतिविधीलाई थप उत्कृष्ट बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।