ताजा अपडेट »

नेपालकाे समृद्धिकाे लागि हाम्रो उत्पादन निर्यात हुनुपर्छ : माओवादी नेता विश्वकर्मा

शनिबार, १३ साउन २०८०

भैरहवा । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किस्मत विश्वकर्माले देशलाइ संवृद्ध बनाउन निर्यातलाइ प्रोत्साहना गर्नुपर्ने बताएका छन । भैरहवामा सम्पन्न अखिल नेपाल ट्रेड युनियन महासघ रूपन्देहीको भेलामा बोल्दै विश्वकर्माले श्रम मात्र बेचेर नेपाल समृद्धि नहुने भएकोले देशकाे उत्पादनमा बृद्वि गर्दै नेपालको उत्पादन निर्यात गर्न सके मात्र देश समृद्धि हुने बताए ।

भेलालाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य विश्वकर्माले सरकार मजदुरहरूकाे हितमा रहेकाे बताए । उनले मजदुरहरूकाे अनिवार्य बिमा तथा समाजिक सुरक्षा काेषकाे स्थापना मजदुरकाे तलब महङ्गी अनुसारकाे बृद्वि गर्नु पर्नेमा जोड दिए । विश्वकर्माले बर्तमान सरकार नेपालकाे समृद्धि बिकास गर्दै गरिबि अन्तकाे लागि लागेकाे बताए । उनले मजदुर नेताहरूले मजदुरकाे समस्याकाे अन्त्यकाे लागि रचनात्मक आन्दाेलन गर्नु पर्ने बिचार राखे । यसै बिच दुर्गा मरासिनि काे अध्यक्षतामा अखिल नेपाल ट्रेड युनियन महासघ रूपन्देहीको १५ सदस्यीय कार्यसमिती समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा ग्यासुद्विन पठान, सचिव प्रभास रिजाल, सह-सचिव कमल आचार्य, काेषाध्यक्ष मिना बगाैला चयन भएका छन ।

सदस्यहरूमा हाेम बहादुर पाण्डे, टार्जन गुरूङ, बालकृष्ण पाैडल, तिलक राम पाैडयाल, राजेश बिक, गणेश चालिसे, सगीता मगर, बिष्णु शाह, गणेश हरिजन, केश जिसि रहेकाे केन्द्रीय सदस्य नारायण हामीले जानकारी दिए । दुर्गा मरासिनीकाे सभापतित्व , नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य किस्मत विश्वकर्माकाे प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो । भेलालाई माओबादी केन्द्र रूपन्देहीका सचिव सन्त कुमार यादव, बहादुर वली अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त मल्ल, केन्द्रीय सदस्य नारायण हमाल, अखिल नेपाल ट्रेड युनियन रूपन्देहीको फ्याब्सन इन्चार्ज राजेश बराह लगायतले बोलेका थिए ।