ताजा अपडेट »

एनएमबि बैंक भलवारी शाखामा मेहन्दी कार्यक्रम

विहीबार, ११ साउन २०८०

बुटवल । एनएमबि बैंक भलवारी शाखाले महिला दिदीबहिनीहरुको लागि श्रावण मेहन्दी कार्यक्रम सम्पन्न गरेकोछ । पवित्र श्रावण महिनामा महिला दिदिबहिनीलाइ मेहन्दी लगाउने कार्यक्रम गरिएको एनएमबि बैंक भलवारी शाखा प्रबन्धक सिता भुसाल जानकारी गराइन ।

भलवारी शाखा एनएमबि बैंक लुम्बिनी प्रदेश अन्तरगत महिला कर्मचारीहरु मात्र कार्यरत रहेको शाखा हो । नारीहरुले विषेश रुपमा श्रावण महिनालाइ लिने गरेकोले भलवारी क्षेत्रका आम महिला ग्राहक महानुभावलाइ मेहन्दी लगाउने कार्यक्रम गरिएको शाखा प्रबन्धक भुसालले बताइन । श्रावण महिना भरी नेपाली महिला दिदीबहिनीहरु सौभाग्यको लागि हात खुट्टामा मेहन्दी लगाउने, हरियो पहेलो रंगको बस्त्र धारण गर्ने, हरियो पहेलो रंगको चुरा लगाउने , सोमबार बर्त बस्ने गर्दछ्न।

एनएमबि बैंकले श्रावण महिनाभरी लुम्बिनी प्रदेश लगायत देशभरका सबै प्रदेशका क्षेत्र अनुसार समेट्ने गरि छनौट गरिएका शाखाहरुबाट मेहन्दी कार्यक्रम गरिरहेको छ । एनएमबि बैंकले विभिन्न सुबिधाहरु रहेको महिला दिदीबहिनीहरुको लागि स्मार्ट नारी बचत खाता यस अधि नै संचालनमा ल्याएको छ ।
एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।