ताजा अपडेट »

रोट्रयाक्ट क्लव अफ बुटवल डाउनटानको अध्यक्षमा घिमिरे

बुधबार, १७ साउन २०८०

बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल डाउनटानको अध्यक्षमा कृष्ण प्रसाद घिमिरे चयन भएका छन् । २१ औं पदस्थापन कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष सौरभ भुषालले वर्ष २०२३/२४ का अध्यक्ष घिमिरेलाई पद हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष भुषालले वर्षभरी गरेका कार्यप्रगति एवम् सामाजिक काम बारे जानकारी गराउँदै क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा पद भार ग्रहण गदै वर्ष २०२३/२४ का अध्यक्ष घिमिरेले निवर्तमान अध्यक्षले आगाडि सारेका नयाँ योजनालाई निरन्तरता दिँदै यो वर्ष केहि नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटबलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले रोट्रयाक्ट क्लब अफ बुटबल डाउनटाउनले सामाजिक क्षेत्रमा खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । सडक दुर्घटना र न्युनिकरणको लागि सहकार्य गरि अभियानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरे । सडक दुर्घटनामा धेरै मानिसले ज्यान गुमाउने भएकाले यसको नियन्त्रण गर्न सचेतनाका कार्यक्रमहरु सन्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा रोटरी क्लब बुटवल डाउनटाउन अध्यक्ष कमला हमाल, रोटरी डिष्ट्रक अफिसर एजाज आलम ,रोटयाक्ट डिष्ट्रीक वर्ष २०२३ २४ इलेक्ट डिआरआर विक्रम क्षेत्री लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षयता तथा सचिब सन्जीव सुनारको सन्चालनमा भएको थियो