गुल्मी । कोभिड महामारी यता आत्मा हत्याको अवस्था थप विकराल हुँदै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार पहिलो आव ०७७/७८ मा आत्महत्या गर्नेको संख्या ९८ जना रहेको छ । दोश्रो आवमा ७७ जना भए पनि तेस्रो आव अर्थात गत आव ०७९/८० मा ९८ जनाले आत्माहत्या गरेका छ्न् ।
जिल्ला प्रहरी कार्यालयले गुल्मीले सार्वजनिक गरेको विवरण अनुसार गएको आर्थिक वर्षमा एक जनाले खोलामा हाम्फालेर, ४ जना आत्माहत्या दुरुसानबाट, ७ जनाले बीष सेवन गरेर तथा ८६ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेका अनुसार आर्थिक अवस्था, पारिवारीक झै-झगडा तथा घरेलु हिंसा, डिप्रेसन लगायतका मानसिक रोग, लागुपदार्थ दुर्व्यसन लगायतका कारण आत्महत्या बढी हुने गरेका छन् ।
जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार पहिलो गरिबी, दोश्रो अनमेल प्रेम सम्बन्ध र अबैध सम्बन्ध पनि कारक देखिएका छन् । आत्माहत्या गर्नेहरुमा दीर्घरोगी, नसा सम्बन्धि बिमारी, लागुपदर्थ र चौबिसै घण्टा मदिरा सेवनकर्ता पनि देखिएका छ्न । प्रहरिका अनुसार आत्म हत्या गर्नेहरुमा ९ वर्षका बालबस्लिका देखि ९३ वर्ष उमेर सम्मका छ्न ।
प्रतिक्रिया