ताजा अपडेट »

भैरहवामा सनस्टारको 'डाइको सेवा' मापसे गरेकालाई घरै पुर्‍याइदिने

मंगलबार, ०९ साउन २०८०

भैरहवा । भैरहवामा रहेको होटल सनस्टार इन्टरनेशनल प्रालीले "डाइको सेवा " सुरु गरेको छ । यस होटलमा मापसे सेवन गरेका सेवाग्राहीलाई होटलले नै घर घर पुर्‍याइदिने छ ।

होटलका सन्चालक राजेश महोत्राले होटलमा आइ मापसे गरेका ग्राहकलाइ सुरक्षित घर पुर्‍याउने उद्देश्यले सेवाको सुरुवात गरिएको बताए । " हामी ग्राहकको सुविधामा सदैव संवेदनशील छौ, मापसे पछि उहाहरु सुरक्षित घर पुगुन भन्ने हाम्रो उद्देश्य हो", महोत्राले भने "२० किलोमिटर सम्मको दुरिलाइ निशुल्क सुविधा दिनेछौ ।"

तेस्रो बर्ष प्रवेस गरेको अवसरमा सेवाको सुरुवात गरिएको उनले बताए । यसै अवसरमा होटलको कोठामा २५ प्रतिशत एवम खानामा १५ प्रतिशत छुट दिएइने समेत महोत्राले बताए ।
रात्रीकालिन सेवा समेत दिई रहेको सन स्टार होटलमा २७ वटा सुविधायुक्त कोठाहरु रहेका छन ।