ताजा अपडेट »

माछा मार्ने क्रममा खोलामा डुबी एक युवा बेपत्ता

मंगलबार, ०९ साउन २०८०

दाङ । दाङमा माछा मार्ने क्रममा खोलामा डुबी एक युवक बेपत्ता भएका छ्न् । बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका-७ शुक्रबारे बस्ने २८ वर्षका शुनिल पुन मगर जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलबार साढे ४ बजे शुक्रबारे स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए । पुन मगर डुबेको खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोली खटिगई खोजी भईरहेको प्रहरीले जनाएको छ ।