गुल्मी । बागलुङको खाला बजारमा रहेको एक होटलमा मृत फेला परेका वरिष्ठ प्रहरी नायव निरीक्षकको मृत्यु घटना थप रहस्यमय बनेको छ ।
बडिगाड गाउँपालिका वडा नम्बर ७ मा रहेको भिमगिठेका प्रहरी चकीमा प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक उज्ज्वल पौडेलको मृत्यु घटना रहस्यमयबनेको हो । त्यस वडाका वडाध्यक्ष बिरबहादुर खत्रीले गएराती १२ बजेर ३८ मिनेट जाँदा होटल संचालक आशा कुँवरका छोरा बिनोदले आफुलाई फोन गरेर जानकारी गराएको बताए । उनले भने ‘उसले मम्मीसँग असइसाव बसेको देखेर मैले ढोका लगाइ दिएको हुँ । पछि गएर हेर्दा झुण्डिएको देखेर डोरि काटेको हुँ भन्थ्यो ।’
अन्दाजी ४८ वर्षिया आमा आशा र २१ वर्षिय छोरा विनोदलाई प्रहरीले विहानै लगेको वडाध्यक्ष कुँवरले बताए । उनका अनुसार आशाका श्रीमान् विदेश छन् । ‘प्रहरी प्रमुखदेखि अन्य अधिकारीले फोन नउठाए पछि हामीले बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठसँग जिज्ञासा राखेका थियौँ । घटना स्थलको मुचुल्क उठाउँदै छ प्रहरी, अनुसन्धान भइरहेको छ, मृत्यु घटना बारे केही खुलेको छैन् । होटल संचालक आमा छोरा दुबैलार्इ बिहानै प्रहरीले समातेको छ ।’– प्रजिअ श्रेष्ठले भनिन् ।
प्रहरी स्रोतका अनुसार गएराती ९ बजेको समयमा एक जना सर्वसाधारण र एक जना प्रहरी सहित वरिष्ठ सई पौडेल त्यस होटेलमा आएका थिए । अन्यत्र घटनामा बोलाएको भन्दै पौडेललाई त्यही छोडेर उनीहरु दुई जना हिँडेका थिए । करिव एक वर्ष अघि भिमगिठे आएका पौडेलको घर पर्वतको कुश्मा नगरपालिका ९ रहेको जनाइएको छ ।
प्रतिक्रिया