ताजा अपडेट »

बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार

मंगलबार, ०९ साउन २०८०

बुटवल । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा माछा मार्न गएका पाखापानीका ६४ वर्षीय मिनबहादुर गाहा, दाउरा खोज्न गएका बुटवल–१४ कैलाशनगरका जनक घर्तीलाई उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्दश्य वा खोला हेर्ने उद्दश्यले नजान बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आग्रह गरेका छन् । यसैगरी रुपन्देहीकै सैनामैनामा डुवानमा परेको घर परिवारलाई उद्धार गरी सुरक्षित बासस्थानमा राखिएको छ । सैनामैना–८ रामापुरमा डुबानमा परेका स्थानीय शंखमुनि थारुको घर परिवारलाई उद्धार गरी सुरीक्षत ठाउँमा राखिएको हो । सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको डुबानमा परेको छ ।

स्थानीय इङ्गुरीया नदीमा आएको बाढी पसेपछि डुवानमा परेको ईलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ । सैनामैना–८ का वडा अध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा प्रहरी टोली र स्थानीयहरु संयुक्तरूपमा उद्धारमा जुटेका थिए ।