गुल्मी । सोमबार एका बिहानै गुल्मीको मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल आफ्नो बारीको आलु खेती स्यार्दै भेटिए । दिउँसो पालिकाको काममा व्यस्त भइन्छ उनले भने ‘म खेतिबालीमा खट्ने समय बिहान बेलुका र बिदाको दिनमा हो । ’
शनिबारको दिन उनको बारीमा आलु खन्न मालिका–१ का वडा सदस्य महेन्द्र बिश्वकर्मा, २ का वडा सदस्य चुरामणी घर्ती, शिक्षक दिपेन्द्र घर्ती लगायत पुगेका थिए । ‘बिदाको दिन उहाँकोमा फलेको आलुले उत्साहित भएर अनुभव संगाल्न पुगेका हौँ ।’– वडा सदस्य बिश्वकर्माले भने ‘अध्यक्षज्युले लामो समयसम्म बाझिएको बारीमा अहिले फलेको देख्दा हामी खुशि भयौँ।’ उनले एउटै झ्याङ्गमा एक किलो भन्दा बढी आलु निकालिएको बताए ।
स्थानीय तहको गठन अघि सम्म बुटवलमा स–परिवार बसेर गुल्मीको राजनीति गर्ने माओवादी नेता अर्याललाई पार्टीले मालिका गाउँपालिकाको अध्यक्षको जिम्मेवारी तोके पछि पहिला अर्यालले घर सिङ्गार्न थाले । बाहिर कच्की भए पनि किचन, ट्वाइलेट बाथरुम सिमेन्टेड मात्रै छैन् मर्वाल समेत बिच्छाइएको छ । अब उनी चाहेर पनि त्यो घर छाडेर फेरि शहर फर्किन सक्ने अबस्था छैन् । उनी भन्छन् ‘यति खर्चेर मैले बनाएको यो घर मेरो गाउँ फर्क अभियान हो ।’
‘बाँझिएका यी बारीमा मैले आलु खेती सुरु गरे । बिस्तारै बढाउँदै जाँदा यो बर्खे सिजनको पहिलो लहडमै १० क्विन्टल आलु बेची सके । अझै ५/६ क्विन्टल बारीमै छन् ।’–उनी भन्छन् । यो चिसो हावा पानी, यी हेर्नुस ताजा सागपात, दूध दहि, तस्तो छाडेर बिगतमा बुटवलको तातो हावा र उकुस मुकुस बसाइ रोज्न भुल गरिएछ भन्दा पनि छोराछोरी पढाइका लागि बाध्यता थियो अर्यालले भने ‘मेरो जस्तै आम पालिकाबासीको बाध्यता अन्त्यका लागि हामीले यहाँको गुणस्तरीय शिक्षा र स्वस्थ्यमा बढी जोड दिएका छौँ ।’
हालै मालिकाको रैथाने आलुलाई ब्राण्डिङ्ग गरेर बजारमा ल्याए लगत्तै सदरमुकाम तम्घास, बुटवलमा आलुको माग ह्वात्तै बढेको छ । तम्घासको मिलनचोक स्थित मालिकस्को रथाने आलुको अधिकृत बिक्रेताको जिम्मेवारी पाएका टेकु बिसि भन्छन् ‘यो पहिलो लहडमा करिव १० क्विन्टल बेचे । त्यो सकिएर आज दुई क्विन्टल र भोलि छ क्विन्टल आलु आउदैँछ ।’ उनले बुटवल लगायतका शहरमा पाहुरका रुपमा पठाउन बढी किन्न आउने गरेको बताए । मालिकाले नेपाल सरकारको लोगो सहित मालिकाको पहिचान , रैथाने आलुको उत्पादन नारा लेखिएको ५ , १० र २० किलोको प्याकेजिङ्ग गरेर बजारमा ल्याएको छ । बिसि भन्छन् छन् ‘म खुद्रा एक दुई केजि पनि बेच्ने गरेको छु ।’
पालिका प्रमुखले झै त्यहाँका अन्य जनप्रतिनिधिहरुले पनि आलु उत्पादनको अभियान छेडेका छन् । उपप्रमुख उपेन्द्र अर्यालले यसपाली चारपाच मुरि आलु आफ्नै परिश्रमले फलाएको र आगमी दिनमा बढाउने बताए । उनका बाबू चन्द्रकान्त अर्याल आलुसहित अगुवा कृषकका रुपमा परिचित व्यक्ति हुन् । वडा नम्बर ३ का वडाध्यक्ष तथा पालिका प्रवक्ता ज्ञानकुमार बुढा ४ का वडाध्यक्ष नारायणप्रसाद अर्याल सहितका सबै जनप्रतिनिधि, स्थानिय कर्मचारी र शिक्षकले व्यावसायिक रुपमा आलु खेती गरिरहेका छन् ।
कुनै समय सदरमुकाम लगायतका स्थानमा पाहुरका रुपमा जाने त्यहाँको आलुले अहिले नोट पाएको छ । वडाध्यक्ष बुढा भन्छन् मेरो जुकेना टोलमा मात्रै कम्तिमा १० लाखको आलु फलेको छ, बजारको अभाव छैन् बरु माग थेग्न गार्हो छ । उनले आलुलाइ घाम नपर्ने गरि खुल्ला ठाउँमा फिजारेर राखे जति महिना पनि आलु नबिगृने सुझाव दिए । त्यहाँको आलुलाइ व्यवसायीक र ब्राण्डिङ्ग गराउन कृषि ज्ञानकेन्द्र गुल्मीका वरिष्ठ कृषि बिकास अधिकृतले गत दुई वर्ष यता निकै मेहनत गरेको पालिका प्रमुख अर्यालले बताए । ज्ञानकेन्द्र र हाम्रो ५०/५० प्रतिशत अनुदानमा हामीले अहिले ३ हजार क्विन्टल आलु फलाएका छौँ उनले भने ‘आगामी दिनमा बढाउदै जाने छौँ।’
ललितपुर महानगरपालिकासँग हालै भङ्गेनी सम्बन्ध स्थापित गरेको मालिका गाउँपालिकाले त्यहाँको आलु कोशेली लिएर गएको थियो । अब त्यहाँको बजार बिस्तार गर्ने लक्ष्य लिएको उपप्रमुख अर्यालले बताएका छन् । मालिकाको अधिकांश वडाहरु रायोको साग उत्पादन, कोदो मकै उत्पादनमा पनि सदियौ देखि कहलाएको थलो हो । पछिल्लो चरण त्यहाँका कृषकहरु आलु खेतीलाई व्यवसायिक आलु खेतिमा लागेका छन् । ज्ञान केन्द्र प्रमुख भण्डारीका अनुसार घिउ रङ्गको लाम्चो आकारको त्यहाँको रथाने आलु हो । रातो रङ्गको त्यहाँ उत्पादित अर्को आलु ढोरपाटनबाट ल्याइएको बिउ बाट फलेको आलु हो ।
भण्डारी भन्छन् ‘ मालिकाको रैथाने आलु ब्राण्डिङ्ग गरिएका अन्य जिल्लाका आलु भन्दा बेग्लै रङ, आकार र स्वाद भएको आलु छ ।’ यसलाइ रङ्ग र आकारमा सजिलै चिन्न सकिन्छ । यो आलु एक चोटि रोपेको बारीमा आफै फल्ने गर्दछ । हुन मकै खेती गरेका त्यहाँ कृषकहरुले मकै खेती सँगै आफै फलेको मुरिका मुरि आलु सदियौ देखि स्यार्दै आएका छ्न । जिल्ला समन्व्य प्रमुख द्रोण बहादुर खत्री भन्छन् ‘यस्तो गुण र स्वाद भएको मालिकाको आलुलाई त्यहाँ मात्रै सिमित नराखौँ भुगोलले साथ दिने ठाउँ ठाउँमा बीउ बिस्तार गरि जिल्लाभर पुरायाँै ।’ मालिकामा रैथाने आलुको उद्गम स्थल साबिक ह्वाङ्ग्दी गाविसको जुकेना र वारि अर्खबाङ्ग हो ।
प्रतिक्रिया