माघ ९,
काठमाडोँ । थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई ३–१ ले पराजित गर्दै कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ को तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलको पहिलो हाफमा थ्री स्टारका सुशिल राईले खेलको छैटौँ मिनेटमा सुशील राईको गोलमा शेर्पाले अग्रता बनायो ।
तर ४४ औंँ मिनेटमा शेर्पाले खेल बराबरी गर्न सफल भयो । उसका लागि स्टेफेन समिरले गोल गरे । थ्रीस्टारको डिफेन्समा देखिएको अन्योलको फाइदा उठाउँदै उनले गोल गरेका हुन् । तर त्यसका एक मिनेटमा फेरि थ्रीस्टारले खेलमा अग्रता लियो । ४५ औंँ मिनेटमा सञ्जोक राईले गोल गरेपछि थ्रीस्टार पहिलो हाफमा दुई एकले अगाडि रह्यो ।दोस्रो हाफमा पनि थ्रीस्टारले आफ्नो दबाबलाई कायमै राख्न सफल भयो । ५० औंँ मिनेटमा वासीयु ओलादिरानले गोल गर्दै थ्रीस्टारको अग्रता तीन एकमा पुराएको हो ।
यस जितसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ८ खेलमा ४ जित, २ बराबर र २ हार बेहोरेको थ्री स्टारको १४ अंक छ । शीर्षस्थानमा रहेको आर्मी र मछिन्द्रभन्दा टोली २ अंकले पछाडी छ । यता शेर्पा भने ८ खेलमा १ जित, ४ बराबरी र ३ हारसहित ७ अंक जोड्दै ११ औं स्थानमा सिमित छ ।
प्रतिक्रिया