बुटवल । लायन्स कल्ब अफ बुटवल खस्यौलीले अवार्नेस सम्बन्धी कार्यक्रम गरेको छ । पछिल्लो समयमा धेरै युवाहरु मानिसिक तनाबका कारण आत्महत्याको प्रयास गरेको पाइएको, सानो सानो कुराहरुमा मानसिक तनाब लिएको भन्दै यसलाई कम गर्ने उद्देश्यले नेपकेयर फाउन्डेशनको सहयोगमा अवार्नेस कार्यक्रम चलाइएको हो ।
कार्यक्रममा बोल्दै युवाहरुलाई अध्यक्ष पन्थले युवाहरुको हौसला दिए पनि त्यस्ता समस्याहरुको समाधान गर्न सकिने बताए ।अब यो वर्षभरी विभिन्न सुधार केन्द्र, विद्यालयहरुमा र समुदायमा कार्यक्रम सप्ताव्यापी रुपमा चलाउने योजना रहेको क्लबका अध्यक्ष मनोज पन्थले बताए । कार्यक्रम को शुरूवातसँगै होटेल मेनेजमेन्ट पढ्ने ७० जना विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराई प्रशिक्षण दिएको अध्यक्ष पन्थले बताए ।
लायन्स कलब अफ बुटवल खस्यौलीमा सदस्य रहेका मनोबिद पुरब सोमरे र ओशिन श्रेष्ठबाट कार्यक्रम परिक्षण गराइएको थियो भने कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य र जोन २४ का जोन चियरपर्सन बिष्णु उपाध्याय लगायतकोे उपस्थिति रहेको थियो।
प्रतिक्रिया