बुटवल । नेपाल विद्यार्थी संघ रुपन्देहीले ४२ औं विपी स्मृति दिवसको अवसर शालिक अनावरण गरेको छ । शनिबार पक्लिहवा क्याम्पसको सभाहल र बि.पि पार्कमा विपिको शालिक अनावरण गरिएको नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डेले बताए ।
शालिकको अनावरण कांग्रेस जिल्ला कार्यसमितिका सभापति एवम् तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता र नेपाल विद्यार्थी संघ रुपन्देहीकी पुर्व अध्यक्ष एवम् लुम्बिनी प्रदेश सांसद जमुना ढकालको बिशिष्ट आतिथ्यता सप्पन्न भएको हो । शालिक अनावरण गर्दै कांग्रेस रुपन्देहीको सभापति रामकृष्ण खाण आदर्श नेता विपिको बाटो सबै हिड्नु पर्ने बताए ।
विपिको मेलमिलापको नीतिबाट मात्रै देशको बिकास गर्न सकिने बताए । शालिक अनावरण कार्यक्रममा नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डेको अध्यक्षता र सचीव मनोज बेल्बासेको सन्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया