ताजा अपडेट »

क्यालगरीमा नेपाली मेलाको आयोजना तयारी

शनिबार, ०६ साउन २०८०
1 Shares

क्यालगरी (क्यानाडा) । क्यानाडाको क्यालगरीमा नेपाली मेलाको आयोजना गरिएको छ । नेपाली भाषा, कला, संस्कृति र रितिरिवाजलाई क्यानेडिएन समुदायमा परिचित गराउने उद्देश्य सहित नेपाली मेलाको आयोजना गरिएको आयोजक कमिटिले बताएको छ । आगामी जुलाई २२ तारिख क्यालगरीको नर्थ इष्ट स्थित प्रेरिविन्स पार्कमा नेपाली कला, संस्कृति र रितिरिवाज झल्किने सांस्कृतिक झाकी सहित मेलाको शुभारम्भ गरिने नेपाली कम्युनिटि सोसाइटी अफ क्यालगरीका अध्यक्ष तथा नेपाली मेला क्यालगरी मुल आयोजक कमिटिका सह संयोजक श्रीकान्त अर्यालले बताएका छन् ।

मेलामा नेपाली पञ्चेबाजा, भजन, मल्टिकल्चरल परेड, नेपालको प्रमुख पर्यटकीय स्थलहरु झल्किने मिनि नेपाल (पशुपति, धरहरा, मच्छिन्द्रनाथ) सगरमाथा आरोहरणका लागि प्रयोग गरिने सामग्रीहरु, आदिवासी जनजाति नेपालीहरुको दैनिक प्रयोगमा आउने समानहरु (तोम्वा, खन्ती, हलो, जुवा, ढकिया) फ्रदर्शन गरिने मेला मुल आयोजक कमिटिका कार्यक्रम संयोजक अरुण लामाले जानकारी दिएका छन् ।

करीव १० हजार देशी विदेशीहरुले अवलोकन गर्ने अनुमान गरिएको कार्यत्रममा साउथ एशियन कम्युनिटिका पञ्जावी, गुजराती, वंगलादेशी, पाकिस्तानी तथा फिलिपिन्स, क्यानमार, क्यारेवियन, भियतनामी, अरवियन र क्यानेडियन आदिवासी समुदायको पनि विशेष प्रस्तुति दिने बताइएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार प्रकाश सपुत, मिरा निरौला, यात्री व्याण्ड लगायत स्थानीय कलाकारहरुले मनोरञ्जन दिनेछन् ।

उक्त मेला लागि करीव १ लाख ३० हजार क्यानेडियन डलर र १ लाख क्यानेडियन डलर बराबरको श्रमदानको खर्च अनुमान गरिएको मेला मुल आयोजक समितीका फाइनान्स संयोजक विष्णु बजगाईले जानकारी दिएका छन् । जसमा करीव ७० हजार क्यानेडियन डलर सरकारको विभिन्न तीन तहको सरकारबाट प्रतिवद्वता भएको र बाँकी रकम, एनसीएससी, र सिएनसिएको पहलमा एजिएलसी तथा विभिन्न स्पोन्सरसीपबाट संकलन गरिने बजगाईले बताएका छन् ।