गुल्मी । लम्पी स्किन संक्रमणबाट लुम्बिनी प्रदेशभर ५ हजार बढी पशुचौपाय मरेका छन् भने करिव डेढ करोड बढी क्षति भएको छ । लुम्विनी प्रदेश सरकारको कृषि तथा भूमि ब्यवस्था मन्त्रालयका पशु विकास अधिकृत हुमाकान्त पाण्डेका अनुसार करिव तीन महिनाको अन्तरालमा प्रदेशभर एक लाख १७ हजार ८८३ पशु चौपायहरुमा लम्पी स्किन संक्रमण देखा परेको छ ।
हालसम्म ५ हजार ९ वटा पशु चौपाय मरेका छन् । बढी प्रभावित भएका स्थानमाहरु ५० प्रतिशत दुधमा कमी आएको छ । यसरी आर्थिका रुपमा डेढ अरव बढी क्षति भएको उनले बताए । थप क्षति रोक्न प्रदेश सरकारले संघ सरकारसंग दुई अरव रकम माग गरेको पाण्डेले बताए । प्रदेश सरकारद्वारा लम्पी स्किन रोग विरुद्धको खोप तथा प्राथमिक उपचार अभियान गुल्मी, अर्घाखाँचीका फोकल पर्शन पाण्डेले प्रदेशका रोल्पा, अर्घाखाँची, प्युठान, गुल्मी जस्ता पाहाडी जिल्ला बढी प्रभावित रहेको बताए । सरकारको श्रोतबाट पशु बिरुद्धको संक्रमण रोक्न, खोप दिन गुल्मी जिल्ला अन्य जिल्लाभन्दा अगाडि रहेको पाण्डेले बताए ।
गुल्मीका जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले जिल्लाका १२ वटै स्थानीय तहसंग संमन्वय गरेकोले पशु चौपायलाई खोप दिन अन्य जिल्ला भन्दा अगाडि हुन सकिएको भेटिरिनरी अस्पताल तथा पशु विकास कार्यालय गुल्मीका प्रमुख पशु चिकित्सक भरत काफ्ले बताए ।
गुल्मीमा करिब १० करोड क्षति
लम्पी स्किनबाट जिल्लामा झण्डै १० करोडको क्षति भएको छ । गुल्मी जिल्लाभर कुल पशु चौपाय ७ हजार ५३४ वटामा खोप लगाईएको छ । त्यस मध्ये गाई गोरुको संख्या ६ हजार ९६४ र भैसी राँगाको संख्या ५७० वटा रहेका छन । कुल संक्रमतिको संख्या ८ हजार ६०४ रहेको छ । जस मध्ये गाई गोरु संख्या ८ हजार ४७१ र भैसी राँगा १३३ रहेका छन । ति मध्ये कुल ३३२ वटा मरेका छन । त्यस मध्ये गाई गोरु ३२७ र भैसी राँगा ५ वटा मरेका छन । कार्यालय प्रमु्ख काफ्लेको अनुसार पशुचौपाय मृत्युबाट एक करोड ९९ लाख २० हजार क्षति भएको छ । उपचारबाट एक करोड ३३ लाख ९२ हजार खर्च भएको छ । दुधबाट ५ करोड ९८ लाख ९९ हजार ५ सय सहित कुल क्षति ९ करोड ५० लाख ९५ हजार भएको छ ।
शुक्रबारदेखि पहिलो पटक प्रदेश सरकारले गुल्मी जिल्लामा भ्याक्सिन र आवागमन नियनियन्त्रण खोप पठाएको छ । उक्त खोप शुक्रबारदेखि लगाउन सुरु गरिएको हो । रेसुङ्गा नगरपालिका ९ सोता गाउँकी भगवता पाण्डेको लम्पी स्किन पीडित दुई दिने सुत्केरी गाउँलाई समन्वय प्रमुख खत्रीको रोहरवरमा पशु प्राविधिकहरुले लगाई दिएका हुन । जिल्लालाई २५ हजार खोप स्विकृत भएकोमा पहिलो चरणमा १५ हजार आएको कार्यालय प्रमुख काफ्लेले बताए ।
प्रतिक्रिया