गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको नवौं अधिवेशनबाट असन्तुष्ट बनेका समूहले समानान्तर समिति गठन गरेका छन् ।
केन्द्रिय अध्यक्ष शिव लम्सालसहित जिल्लाका अन्य केही नेता तथा पत्रकारले एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै आएका असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेका हुन् ।
समानान्तर समितिको अध्यक्षमा सुमन महतारा, उपाध्यक्ष प्रकाश घिमिरे, दिपक नेपाली र सचिवमा सागर भण्डारी चयन भएका छन् । यसैगरी सहसचिवमा चन्द्रकला राना, अनिल खत्री र कोषाध्यक्षमा नविन कार्की चयन भएका छन् । सदस्यहरुमा भुवन भुसाल, अनिष पन्थी, भुवन काफ्ले, पुजा बिश्वकर्मा, करिस्मा अर्याल, माधव खरेल, कविराज भुसाल, मोहन गौतम, सुरज कार्की, दधिराम भुसाल र रमेश पन्थी रहेका छन् ।
रेशम कुवर अध्यक्ष रहने गरि गठित १९ सदस्यीय कार्यसमिति विरुद्ध प्रेस युनियन गुल्मीका ३८ जना सदस्यले समानान्तर समिति गठन गरेका हुन् । जम्मा ५९ जना सदस्य रहेको गुल्मीमा ३८ जना सदस्यले हस्ताक्षरसहित अधिवेशन बहिस्कार गर्दै तत्काललाई स्थगित माग गरेपनि एकलौटी ढङ्गले अघि बढेपछि समानान्तर समिति गठन गरिएको असन्तुष्ट पक्षले बताउँदै आएको छ ।
यसरी केन्द्रीय अध्यक्ष लम्सालससहित केन्द्रीय निर्वाचन प्रतिनिधि नारायण आचार्य तथा युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालसहितको उपस्थितीमा गठन भएको समिति विरुद्ध समानान्तर समिति गठन भएको हो । डेढ वर्षे कार्यकालका लागि गठन भएको समितिमा एक–आपसमा आफूलाई आधिकारिकता दाबी गर्दै आएका छन् । यद्यपी निर्वाचन समितिका संयोजक अधिवक्ता भिम न्यौपानेले भने दुबै समिति आधिकारिक नभएको ग्लोबल आजासँग प्रतिक्रिया दिए । गएको मध्यराती २ बजेसम्म निर्वाचन प्रक्रियामा जान आग्रह गर्दा पनि सहमती नजुटेपछि अफू त्यहाँबाट निस्किएको बताउँदै उनले त्यसपछि कार्यदलका नामा नयाँ समिति घोषणा गरे पनि आधिकारिक नभएको दाबी गरे । यसैगरी असन्तुष्ट पक्षले घोषणा गरेको समिति समेत आधिकारिक नभएको उनले दाबी गरे ।
प्रतिक्रिया