बुटवल । दाङको तुलसीपुर स्थित नयाँ बसपार्कमा एक वृद्धा गएराती बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।
मध्यराती करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।
बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो ।
प्रतिक्रिया