गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः रेशम कुँवर चयन भएका छ्न । शुक्रबार युनियनको सदरमुकाम तम्घासमा सम्पन्न १७ औं साधरण सभा तथा नवौ अधिवेशनले कुँवरको नेतृत्वमा १९ सदस्यीय कार्य समिती सर्वसम्मत चयन गरेको निर्वाचन केन्द्रिय प्रतिनिधि प्रेमनारायण आचार्यले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
उपाध्यक्षमा रमेश बिश्वकर्मा, दिपक नेपाली , सचिवमा सुमन महतरा , कोषाध्यक्ष नवीन कार्की , सहसचिव चन्द्रकला राना र संतोष महतरा चयन गरिएको छ ।
अध्यक्षको दाबेदार बिश्वकर्मा निवर्तमान सचिब हुन । त्यस्तै अध्यक्षका दाबेदार प्रकाश घिमिरे र सुमन महतराको समूह असन्तुष्ट रहेको जनाइएको छ । तर उनिहरुको लिखित /आधिकारिक धारणा आएको छैन । युनियनको बिधान अनुसार अध्यक्षको दावी गर्न पाँच बर्ष पुरानो सदस्यता लिएको वा कार्य समितिमा पदाधिकारी भएको हुनु पर्छ ।
त्यो मापदण्ड नपुगे पछि घिमिरे र महतरा निर्वाचनमा जानबाट पछाडी हट्दै सर्वसम्मतिबाट चयन गर्न सहमत भएको निर्वाचनमा सहभागी पाल्पाका उपाध्यक्ष रामचन्द्र रायमाझिले बताए ।
निवर्तमान पदाधिकारीबाट अध्यक्ष चयन गरे कुवारले जिम्मेवारी सुम्पिने बताउदै आएका थिए । अधिबेशनको प्रमुख अतिथी केन्द्रिय अध्यक्ष शिव लम्साल थिए ।
प्रतिक्रिया