ताजा अपडेट »

रुपन्देहीका २ सहित सीजी कम्पनीमा निर्माणको काम गरिरहेका १३ मजदुर लडेर घाइते

विहीबार, ०४ साउन २०८०

बुटवल । सीजी कम्पनीमा निर्माणका काम गरिरहेका मजदुरहरु दुर्घटनामा परी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार बुधबार जिल्लाको रैनादेवी छहरा–२ सर्देवा स्थित रहेको सीसी कम्पनीमा ईट्टा हटाई नयाँ ईट्टा राख्ने क्रममा वारपार गर्न प्रयोग गरीएको चेन अचानक चुडिन गई १३ जना कामदार करिब १३ फिट माथिबाट खसेका थिए ।

घटना बारे जानकारी लगत्तै प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली पुगेको थियो । घाइतेहरुलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा पठाइएको थियो । घाइते हुनेहरुमा रैनादेविछहरा–३ बेलबासका २५ वर्षीय पदम सोमई, सोही गाउँपालिका भुवनपोखरी बस्ने ४२ वर्षीय चिन्त बहादुर डङगोल, पुर्वी नवलपरासि सुनवल नगरपालिका–६ का ३५ वर्षीय लिल बहादुर गुरुङ, कपिलबस्तु महाराजगंज नगरपालिका–४ का २४ वर्षीय महेश बरई तथा सोही ठाउँका २४ वर्षीय कमलेश पासी र २० वर्षीय उमेश पासी रहेका छन् ।

यसैगरी रुपन्देहि देवदह नगरपालिका–५ बस्ने ४३ वर्षीय यम बहादुर बिक, ४२ वर्षीय सोहनलाल जोशि, पाल्पा रैनादेविछहरा–३ बस्ने वर्ष २२ का सुमन नेपाली र पूर्वी नवलपरासी विनय गाउँपालिका– ६ बस्ने वर्ष २२ का अक्सर मिसर रहेका छन् । घाइतेहरु मध्ये अधिकांशलाई पचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घाइते भध्ये अन्य ३ जना कामदार भने आफ्नो अवस्था सामान्य भएको बताउँदै अस्पताल गएनन् ।