ताजा अपडेट »

होराइजन जीबीएसमा नयाँ विद्यार्थीलाई अभिमुखीकरणको तयारी

विहीबार, ०४ साउन २०८०

बुटवल । तिलोत्तमा-३ ड्राइभरटोलमा अवस्थित होराइजन जीबीएसले शैक्षिक सत्र २०८०/८१ लागि भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गर्ने भएको छ । अभिमुखीकरण कार्यक्रम साउन ८ र ९ गते विद्यालयको सेमिनार हलमा गर्नेगरी तयारी भएको बताइएको छ ।

विज्ञान तथा व्यवस्थापन सङ्कायमा पढाइ हुने होराइजन जिविएसमा १५०० जना विद्यार्थीहरू अध्ययन छन् । उत्कृष्ट नतिजासँगै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा पहिचान बनाउन सफल भएको विद्यालयको दाबी छ । कक्षा ११ मा अध्ययनका लागि भएको प्रवेश परीक्षामा सामेल भइ उत्तीर्ण हुने विद्यार्थीलाई यही ८ र ९ गते विद्यार्थी तथा अभिभावकहरूको सहभागीतामा दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो।

विगतदेखि नै नेपाल प्रथमसहित अब्बल बनेको होराइजन अत्याधुनिक ल्याब र विद्यार्थीको लागि ल्याब सहितको कक्षा कोठा निर्माण गर्नुका साथै विद्यार्थीलाई शान्त तथा बुटलकै चर्चित प्राध्यापकहरूबाट अध्यापन गराउँदै आएको प्राचार्य गोपाल प्रसाद आचार्यले दाबी गरे । विद्यार्थीलाई खेलकुद प्रतियोगितामा पनि उत्तिकै जोड दिइने होराइजनमा खेलका विभिन्न विधामा राष्ट्रिय टिमसमेत तयार पारी प्रतिष्पर्धा गराई धेरै पटक विजेता बनेको सहायक प्राचार्य इन्द्र भुसालले बताए । आफूहरूले सङ्ख्यात्मकभन्दा गुणस्तरीय शिक्षामा जोड दिएको प्राध्यापक डा. नारायणप्रसाद पन्थले बताए ।