ताजा अपडेट »

‘हिंसा र द्वन्द्वलाई सम्बोधन गर्न मिडियाको भूमिका महत्वपूर्ण छ’

विहीबार, ०४ साउन २०८०

बुटवल । हिंसा र द्वन्द्वलाई सम्बोधन गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । सामाजिक परिवर्तन केन्द्र नेपालको आयोजनामा विहीबार बुटवलमा आयोजित प्रदेश स्तरीय मिडिया कार्यशालामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेले मिडियाले नागरिकलाई सूचना, मनोरञ्जन, शिक्षा र हौसला प्रदान गर्ने भएकाले समाज परिर्वतनका लागि मिडियाको भूमिका धेरै रहेको बताए । मिडियाहले सामाजिक विविधतालाई उपेक्षा गर्न नहुने, जातिय र लेङगीक विभेदलाई प्रोत्साहन गर्न नुहने, हिसांलाई बल पुराउने वा भ्डकाउने खालका समाचारहरुलाई स्थान दिन नहुने र समाचारमा पक्षधरता देखाउने जस्ता कार्य गर्न नहुने बताए ।

वरिष्ठ पत्रकार माधव नेपालले मिडियाले अधिकार, कर्तव्य र जवाफदेहिता प्रति समाजलाई जिम्मेवार बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साथै पछिल्लो समयमा मिडियामा राजनीतिक द्वन्द्व बढी रहेको बताउँदै मिडियामा राजनीतिक द्वन्द्व हुन नहुने बताए । उनले विभिन्न दलहरुका पत्रकार सम्बद्ध संगठन हुँदा नागरिकहरुले सहि सूचना पाउन नसक्ने बताउँदै मिडिया समाजको सकारात्मक मार्गदर्शक भएकाले त्यस्ता संगठनहरु खारेज गर्नु पर्ने बताए ।

सामाजिक परिवर्तन केन्द्रका अध्यक्ष पवन रायले मिडियाले सहि तरिकाले समाचार संम्पेरण गर्दा समाजमा हिंसा र द्वन्द्वले बढावा नपाउने बताउँदै हिंसा र द्वन्द्वलाई सम्बोधन गर्नका लागि मिडियाको धेरै भूमिका रहेको बताए । कार्यक्रममा सामाजिक परिर्वतन नेपालकी कोषाध्यक्ष कल्पना राना मगर, मल्टी मिडिया सल्लाहकार राहुल राय लगायतले हिंसा र द्वन्द्वलाई सम्बोधन गर्न मिडियाको भूमिका रहने भएकाले त्यस्ता गतिविधिमा विशेष ख्याल गर्नु पर्ने बताएका थिए ।

सामाजिक परिवर्तन केन्द्रले लुम्बिनी प्रदेशसहित कोशि, मधेश र सुदुरपश्च्मि प्रदेशमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।