ताजा अपडेट »

युएईमाथि नेपालकाे ३ विकेटकाे जित

बुधबार, ०३ साउन २०८०
1 Shares

काठमाडौं । ओपनर कुशल भुर्तेलको तिलस्मी अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी इमर्जिङ एसिया कपमा युएई ए माथि ३ विकेटको जित हात पारेको छ । नेपाल समूह बी मा ३ खेलमा २ मा हार र १ मा जितसहित तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । कुशल भुर्तेलले बलिङमा ६ विकेट लिएका थिए । नेपालले ओपनर अर्जुन साउदलाई इनिङकै पहिलो बलमा गुमाएको थियो ।