ताजा अपडेट »

बसन्तपुरबाट बुटवल नियाल्दा (फोटो स्टोरी)

बुधबार, ०३ साउन २०८०
10 Shares

बुटवल । समुन्द्री सतहबाट करीब ११०० मिटरको उचाइमा अवास्थित पाल्पाको निताउ–३ बसन्तपुर तराईको उखरमाउलो गर्मी छल्न होस वा ठिहीर्याउने जोडमा घाम ताप्नका लागि उपयुक्त थलो हो । बुटवल–बसन्तपुर केवलकार सञ्चालनसँगै यसको पुहँच थप सहज बनेको छ ।

झिलिमिली बुटवल बजार, चौडा सडक, बिचैबाट बग्ने तिनाउ नदी, टाढा टाढासम्म देखिने हरिया फाँटहरु, कुहिरोको लुकामारी, प्राकृतिक सुन्दरताको अनुपम नमुना हो बसन्तपुर । जुनसुकै समयमा गएपनि निरास नबनाउने यस ठाउँमा प्राकृतिक सुन्दरताको उच्चतम आनन्द लिन सकिन्छ । पानी परेपछि आकाश खुलेको बेला वा जाडोमा हुस्सु लागेको बेला जानु उपयुक्त हुन्छ । साथै ढल्किँदै गरेको दिन र रातले छोप्दै गरेको गोधुली सन्ध्यामा बसन्तपुर डाँडामा बसेर बुटवल नियाल्दा छुट्टै आनन्द आउँछ ।

हेरौं, बसन्तपुर र बुटवल नियाल्दाका दर्जन तस्विर :