बुटवल । देशको आर्थिक स्तर दैनिक जसो नै ओरालो यात्रामा छ । यसो हुनुको कारण देशका कलकारखाना बन्द हुनु पनि एक हो । वि. सं २०४८ सालमा तात्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले समुद्घाटन गरेको
बुटवलस्थित औद्योगिक क्षेत्रमा रहेको धागो कारखाना वि. सं २०६६ सालदेखि अलपत्र अवस्थामा छ । यसैविच, उक्त कारखानाको आज सामाजिक कार्यमा अग्रसर संस्था नमस्ते नेपालले अवलोकन गरेको छ ।
यो बन्द हुनुको कारणहरू, पुन: सञ्चालनमा ल्याउन सकिने वैकल्पिक कारणहरूको अध्ययन र सरोकारवाला निकायहरूलाई प्रतिवेदनसहितको दबाब दिने उद्देश्यका साथ संस्थाले मंगलबार अवलोकन गरेको हो । संस्थाले मंगलबार अवलोकन गर्दै बन्द हुनुका कारणहरू खासै ठुला नभएका र सरोकारवालाको थोरै चासोले पनि यो पुन: सञ्चालनमा ल्याउन सकिने निष्कर्ष निकालेको छ ।
मंगलवार नमस्ते नेपालको टिम बुटवल धागो कारखानामा भएका उपकरणहरुको बारेमा जानकारी लिई कारखानालाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। नमस्ते नेपालका अध्यक्ष मनिश भुसालले पछिल्लो समय नियमित रुपमा ओरालो लागेको अर्थतन्त्रलाई माथि बढाउनको लागि कारखाना सञ्चालनमा आउनुपर्ने बताए।
त्यसैगरी अधिकाँश नागरिकहरु छिमेकी मुलक भारत, खाडी राष्ट्र लगायतका ठाउँमा रोजगारीको लागि जान बाध्य नागरिकलाई कारखाना पुन: सञ्चालनले ति नागरिकलाई रोजगारी जोड्न सचिव सन्दिप क्षेत्रीले बताए । नमस्ते नेपालका सबै पदाधिकारी गएर कारखानको अवलोकन गरेका थिए ।
प्रतिक्रिया