बुटवल । लायन्स क्लव अफ बुटवल मेट्रोसिटिले आफ्नो छैठौं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ। लायन्सको माध्यमबाट सामाजिक कार्य गर्ने उदेश्यले ६ बर्ष अघि उक्त्त क्ल्वको स्थापना भएको हो।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा क्लवका सस्थापक अध्यक्ष तथा लायन्स जिल्ला ३२५ पी एरिया ३ प्रमुख बिनोद सुवेदी, पुर्व अध्यक्षहरु नवराज बन्जाडे, एमजेएफ राम प्रसाद बेल्बासे लगायतको उपस्तिथि रहेको थियो।
उक्त अवसरमा बोल्दै सस्थापक अध्यक्ष सुबेदीले क्लवले आजसम्म गरेका कार्यहरुको चर्चा गरे। कार्यक्रमको अध्यक्षता बर्ष २०२३÷२४ का अध्यक्ष, एमजेएफ इन्जिनियर गोबिन्द प्रसाद लामिछानेले गरेका थिए । साथै कार्यक्रम सन्चालन क्लवका सचिब सागर अधिकारीले गरेको कार्यक्रम संयोजक गोपाल खरेलले जानकारी दिए ।
प्रतिक्रिया