माघ ८,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको बुटवलमा सञ्चालित प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि कालिका मानव ज्ञान माविले जितेको छ । २४ पदक सहित कालिकाले उपाधि जितेको हो । उसले १० स्वर्ण, ७ रजत, ७ कास्य पदक जितेको हो । त्यस्तै एभरेष्टले १४ पदक जितेको छ । यसले १० स्वर्ण, ३ रजत र १ कास्य जितेको छ । न्युहोराइजनले ४ स्वर्ण, ७ रजतसहित ११ पदक जित्न सफल भएको छ । नबिन आद्योगिक माविले ९ रजत र ५ वटा कास्य पदक जितेको छ । २५ विद्यालय सहभागि प्रतियोगितामा २ सय ५८ वटा पदक वितरण गरिएको थियो ।
त्यस्तै दीप बोर्डिङले १ स्वर्ण, १ रजत र ४ कास्य पदक ,प्रगति माबिले १ स्वर्ण, २ रजत र २ कास्य गरि ५ पदक , कान्ती माविले २ स्वर्णमात्रै हात पारेको छ । मणिमुकुन्द माविले ७ पदक, १ स्वर्ण, २ रजत र ४ कास्य पदक जितेको छ । भने लुम्बिनी बोर्डिङ स्कुलले १ रजत, उजिर सिंहमाविले २ कास्य ,नेपाल एभरग्रिनले १ कास्य, स्कलर्स र जितेश्वरी मावि २-२ वटा कास्य तथा त्रिभुवन युनाइटेड एकेडेमीले १ कास्य जितेको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताका सदस्य सचिब प्रेमबहादुर बस्नेतले बताए ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देविनगरमा भएको खेलमा उत्कृष्ट खेलाडीलाइ कार्यबाहक नगर प्रमुख रामप्रसाद रेग्मी, वडा न ११ वडाध्यक्ष रामचन्द्र क्षेत्री, समितिकी सदस्य सचिव कोपिला ज्ञवाली, आयोजक समितिका अध्यक्ष नन्द बहादुर काउचा, खेलकुद विकास समितिका कार्यालय प्रमुख संगम सिहं थापा, कान्ति माविका प्रमुख गोबिन्द ज्ञवाली, नगरको सामाजिक समिति संयोजक सीता थापा, कालिकाका प्राचार्य घनश्याम पाठक लगाएतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया