रास्वपा नेपाली राजनीतिको राजमार्गमा तिब्र र लोकप्रिय ढङ्गले गाडि हाँकिइरहेको छ। आजका र भोलिका प्रतिस्पर्धी अन्य राजनैतिक दलहरुले रास्वपालाई सदन सडक अदालत मिडिया र संजालको घेराबन्दी रुपन्देही घटनासम्म आउँदा रास्वपा असफल भएको छ। नेपाली समाजका प्रवृत्तिहरुको आंशिक प्रभाव नयाँ पार्टीमा पर्नु अस्वभाविक होइन तर घर झगडाको ब्यावस्थापन चौकीमा खोजिनु र पत्रकार सम्मेलन गरि तमासा देखाउनु अराजनीतिक र गैरजिम्मेवारी कुरा हो।
आम मानिसमा नयाँ पार्टी स्वतन्त्र पार्टीको नेता, सदस्य वा अभियान्ता भनेपछि फरक संस्कार र शैलीको बेग्लै पहिचान र आशाको तरङ्ग बुझिनु पर्नेमा जो आएनी उस्तै हो भन्ने निराशावादी खवर सम्प्रेषित हुन गएको छ। यो घटनाले स्वतन्त्र पार्टीप्रतिको आकर्षणलाई कमजोर तुल्याएको छ। पार्टी निर्माणमा थप चुनौति थपिदिएको छ। काङ्ग्रेस एमाले माओवादी जस्ता बुढा भनिने पार्टीमा देखिने स्वार्थ, गुट र हातपात जस्ता समस्या नावालक १ वर्षे रास्वपामा देखिनु गम्भीर संकेत हो ।
रुपन्देही र लुम्बिनी प्रदेशको मुल नेतृत्व यस अघि पनि राजिनामा र कारवाहीको प्रक्रियामा गएको कुरा सार्वजनिक भएपनि पार्टीको आकार सानो हुँदा आम सन्चारमा चर्चाको विषय बनेन तर अहिलेको घटना भाइरल भयो । पार्टीप्रति निराशा फैलिने गरि घटना भाइरल हुनु स्वभाविक थियो या नेतृत्वको अनदेखापन र बेमतलवी ब्यावहार ? पार्टी निर्माणको चरणमा घटना घट्नु दुःखद त हुँदै हो पार्टीका आन्तरिक समस्याहरुको थप प्रचार हुनु थप दुखद हो।
पार्टीको बिकाससँगै समस्याहरुको पनि बिकास हुने र नेतृत्वको क्षमता, ब्यावस्थापन र विधिबाट समस्याहरुलाई समाधान गरेर पार्टी बिकासको गतिमा अघि लम्कनु पर्ने हुन्छ। पार्टी निर्माण र नेतृत्वको बिकास भन्दा समस्याहरु बलिया भए पनि समस्याले पार्टी बिकासक्रमलाइ निलिदिन्छ।
नगर जिल्ला र प्रदेश तहका पार्टीमा देखा परेका समस्याहरुलाई नेतृत्वले सामान्यिकरण गर्दै रुपान्तरणको बाटोमा जानुको साटो बल्झाउने प्रवृत्ति राम्रो होइन। घटनाको हिसाबले उक्त समस्या कति आचरणगत हो र कति राजनीतिक हो छुट्याउन जरुरी छ। जिल्ला र प्रदेशतहको समस्या पटकपटक ध्यानाकर्षण गराउँदा पनि केन्द्रिय नेतृत्वले चासो नदिनु, गम्भीर र जिम्मेवार नहुनुको परिणाम पनि घटना भाइरल हुन पायो ।
प्रारम्भिक पार्टी निर्माणको चरणमा रहेको रास्वपाले उक्त घटनाबाट पाठ सिकेर अघि बढ्न जरुरी छ। पार्टी होस या घर निर्माणमा कुशल इन्जिनीयरको उपस्थिति र निगरानी बेगर कच्चो ढुङ्गो राखेर जग बनाइयो भने उक्त ढुङ्गाले समयान्तरसँगै घर नै ढिलपिल ढिलपिल मात्र पार्दैन कालान्तरमा संरचना नै गर्ल्याम्मै ढलाइदिन्छ भन्ने बारे मुल नेतृत्व होशियार हुनु जरुरी छ।
रुपन्देहीको घटनाले देशव्यापी रुपमा रास्वपा भित्रको प्रवृत्तिगत समस्या उजागर गरेको छ । शुभेच्छुक सहयोगी सदस्य तथा आम नागरिकका सपनामा निराशा फैलाएको छ । सङ्गठनात्मक सिकाइसँगै जग निर्माणमा नेतृत्वको चयन कस्तो गर्ने, सङ्गठनात्मक बिकासमा आउने समस्या र जटिलताको ब्यवस्थापन कसरी गर्ने, समाधानको विधि तय गर्ने र खुल्ला पार्टी सदस्यताको प्रक्रियामा आउने समस्यालाइ शुध्दिकरण कसरी गर्ने भन्ने कुरामा भने सिक्न सघाउ पुर्याएको छ।
पार्टी ठूलो आकार भएपछि सात तल्ला ढलाई गरेर भत्क्याउनु पर्ने जोखिम भन्दा जगमै सुधार्ने मौका प्रदान गरेको छ। भुइँ तिर (वडा नगर गाउँ जिल्ला प्रदेश) नहेर्ने काठमाडौं र सदन केन्द्रित नेतृत्वलाई वडा तहको झिल्को पनि डढेलो बन्न सक्ने हुँदा केन्द्रिय नेताहरुलाइ प्रदेश जिल्ला नगर र गाउँ वार्ड तिर फर्केर हेर्न सिकाई प्रदान गरेको छ।
रास्वपा रुपन्देहीको सामान्य घटना (घाउ चोटपटक दाग नभएको) आक्रोश उदण्डता अनुशासनहिनतालाई आन्तरिक कारवाही र मेलमिलापद्वारा सामान्यिकरण गर्न सक्नुको साटो नेतृत्वको अदुरदर्शिताको कारण छ्याल–ब्याल भएको हो।
पार्टी ब्यावस्थापन, सङ्गठनात्मक अनुभव र परिपक्वताको कमी, सुचना सन्चार संजालिय दुनियामा आउने नकारात्मक समाचारले निम्त्याउने क्षतिको आंकलन र त्यसले निम्त्याउन सक्ने डिलमा रहेका लाखौ शुभेच्छुक समर्थकहरुमा ल्याउने निराशा बारे नेतृत्व सजग बन्नु पर्ने थियो त्यसो हुन सकेन।
स्वतन्त्र पार्टीको सदस्यको जिम्मेवारीमा रहेको वा नगरतहको बिभागीय जिम्मेवारीमा रहेको भनीएका एक सदस्यले पत्रकार सम्मेलन गर्दा देशका प्रमुख मिडियाहरुले सम्प्रेषित गरिरहनु समस्यारुपी तिललाई पहाड बनाउने रहस्य लुकेको बुझिन्छ।
मिडियाले सत्य तथ्य सुचना सम्प्रेषण गर्नुको साटो एउटा मामुली वडातहको समस्यालाई हुँदै नभएको अन्तरबिरोध सृजना गरि भ्रम छर्न सभापति रवी लामिछाने र स्वर्णिम वाग्लेलाई समेत घटनामा जोडी कपोकल्पित समाचार लेख्न भ्याए।
भट्टी चोक र गल्लिमा प्रत्येक दिन लड्ने मानिसहरु काङ्ग्रेस एमाले माओवादीका कोहि न कोहि हुन्छ्न के ती ब्याक्तिहरुले राजनितीक इस्युमा प्रेसनोट जारी गरे भने राष्ट्रिय प्रभाव भएका अनलाइन र मिडियाले ती सबै घटनाको समाचारको विषय बनाउछन ? बनाउँदैनन् ।
कुटपिटलाई न्युज बनाउने मिडियाले रास्वपा रुपन्देहिको पार्टी संयोजक फेरिएको समाचार लेख्न कतिले भ्याए ? नकारात्मक समाचारमा हौसने मिडियाहरुले एक हप्ता अघि भैरहवामा भएको केन्द्रिय सभापति सहितको प्रदेश प्रशिक्षण बारे सकारात्मक रिपोर्टिङ सम्प्रेषण किन भएन ? रुपन्देहीमा रास्वपाको दैनिक जसो हुने सामाजिक तथा राजनीतिक कार्यक्रम किन खवरहरुमा अट्दैनन् ? नकारात्मक कुरामा आकर्षित हुने समाज राजनितिसँगै पत्रकारिताको पनि मुल्यांकन गर्न जरुरी छ।
अन्त्यमा,
रुपन्देही रास्वपाको उक्त घटनाले आम संचार जगतमा मासु बनाएर बिक्रि गर्न मिल्ने गरि मिट मसाला प्रदान गरेको छ भने रास्वपालाई पार्टी सङ्गठन लहर र आवेगमा मत प्राप्त गरेजस्तो होइन कुशल सङ्गठनात्मक क्षमता, विधि, ब्यावस्थापन, नेतृत्व निर्माण, बिकास र शुध्दिकरणका बिबिध आयाम बारे ब्यावहारिक पाठ सिकाई मिलेको हुनुपर्छ ।
प्रतिक्रिया