ताजा अपडेट »

मगर महिला संघद्वारा बुटवलका माइनोट लेखन तथा उद्घोषण तालिम सञ्चालन

मंगलबार, ०२ साउन २०८०

बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिको आयोजनामा ३ दिने माइनोट लेखन तथा उद्धघोषण तालीम सम्पन्न भएको छ । बुटवल उपहानगर भित्र बसोबास गर्ने १९ वटै वडाबाट तालीमममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिम समापनको अवसरमा बोल्दै लुम्बिीनी प्रदेश सञ्चार समन्वय परीषदका अध्यक्ष मिलन गाहाले तालीम उपयोगी बनाउन सिकेका कुरा ब्यबहारिक जीबनमा प्रयोगका लागि आग्रह गरे । उनले नेतृत्व बिकाससँगै परिवर्तनका लागि आफ्नो घरदेखि नै सुरुवात गर्न सुझाब दिए । यस्ता तालीमले नेतृत्व बिकासमा समेत सहजता प्रदान गर्ने भएकाले समाजमा अशल अगुवाको अभाब भएकाले भूमिका निर्बाह गर्नुपर्ने बेला आएको उनले बताए । तालीम समापन समारोहमा बुटवल उपमहानगरपालिका–६ का अध्यक्ष लोकनाथ न्यौपानेले उद्धघोषण तालीमले नेतृत्व बिकाश गर्न सक्ने बताए ।

तालीम फलदायी भएको नेपाल मगर महीला संघका निवर्तमान जिल्ला अध्यक्ष तथा समाजसेबी सकुन्तला पुनले बताइन् । मगर महिलाहरु अब आसन, शासन र भाषणमा पनि अगाडि बढेर समाजको नेतृत्व लिन आग्रह गरिन् । कार्यक्रममा तालीम संयोजक नन्दा थापा मगर लगायतले बोल्दै मगर महिला कुनै पनि कार्यमा पछाडि हट्न नहुने बताएका थिए । तालिमको सहजीकरण कुमारी थापाले गरेकी थिइन् । समापन समारोह संस्थाका अध्यक्ष गौमाया थापाको अध्यक्षता तथा सचिब तिर्थ कुमारी सोमरे रानाको सञ्चालनमा भएको थियो ।