ताजा अपडेट »

द्वन्दपीडितलाई न्यायको अनुभुती गराउनुपर्नेमा जोड

सोमबार, ०१ साउन २०८०

बुटवल । नेपालको संक्रमणकालीन न्यायमा परिपूरण, पुनर्स्थापकीय र मेलमिलाप विषयक परामर्श बैठक बुटवलमा सम्पन्न भएको छ। संक्रमणकालिन न्याय सम्बन्धि बिधेयकमाथीका कुराहरुमाथी बैठकमा छलफल गरिएको हो।

नेपाल पुनर्स्थापकीय न्याय मञ्चको आयोजना एव मानव अधिकारकका लागि महिला एकल महिला समुहको समन्वयमा सोमबार बुटवलमा भएको बैठकमा बोल्ने अधिकांशले सरकारले संक्रमणकालिन न्यायका सन्दर्भमा सरकारले न्यायको अनुभुती प्रदान गर्न नसकेको बताएका थिए। उनिहरुले पटक पटक हुने कार्यक्रमले पीडितका कुराहरु सुन्ने काम मात्रै हुने हुदा ओईलाएको घाउ बल्झिएको बताएका थिए।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले द्वन्द पीडितको क्षेत्रमा काम गर्दै आएको बताए। उनले रुपन्देहीमा १२ जना घाईतेलाइ राहत उपलब्ध गराउदै आएको बताउदै अभिलेख राख्ने काम र तत्कालीन शान्ती समितिले गरेका कामको बारेमा जानकारी र अपडेट रहेको बताए। उनले पिडितको वकालत गर्ने कार्यमा स्थानीय प्रशासन तयार रहेको बताउदै यो बिधेयकमा बाकी रहेका मुद्दाहरुलाइ सरकारले छिटोभन्दा छिटो समन्वय गर्नुपर्ने बताए। उनले यस्तो द्वन्द्व अब कहिलेपनी हुन नहुने बताउदै पीडितले न्याय पाएको अनुभुती गराउन सबै तहका सरकार र सबै सरोकारवाला लाग्नुपर्ने बताए।

कार्यक्रममा नेपाल पुनर्स्थापकीय न्याय मञ्चका सस्थापक अध्यक्ष राम तिवारीले छलफलमा उठेका कुरालाई सरकार समक्ष पुर्‍याउने बताए। उनले अहिले सम्म भएका प्रयास र थप्नुपर्ने कुराको बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए। लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता बुद्ध बहादुर थापाले लुम्बिनी प्रदेश सरकारले यस संग सम्बन्धि कार्य गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका कानुन अधिकृत सीता घिमिरेले लुम्बिनी प्रदेश सरकारले धेरै बजेट बिनियोजन गरेको बताउदै सरकार परिवर्तन भईरहदा समस्या आएको बताईन।

सत्य निरुपणकोकाम पीडितले खोजेको भएपनि त्यो नभएको बताउदै उनले न्यायको विकल्पको रुपमा मेलमिलाप हुन नहुने बताईन। कार्यक्रममा बोल्दै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही प्रमुख मुक्तिराम सुबेदीले सरकारले गठन गरेका आयोगले कामलाई पुर्णता दिन नसक्दा पीडितहरु पिडितनै बन्नु परेको बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग बुटवल प्रमुख सोमनाथ सुबेदीले आफ्नो धारणा सार्वजनिक गरिएको बताउदै आवश्यक सहकार्य गर्दै आएको बताए।

नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेल,रेडक्रस सोसाईटी रुपन्देही सदस्य एव महिला ससक्तिकरण रुपन्देही सह संयोजक हेमा बेल्बासे, सञ्चारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, अधिवक्ता ईन्दिरा आचार्य, मानव अधिकारकका लागि महिला एकल महिला समुह लुम्बिनी अध्यक्ष जानुका घिमिरे, सचिब रिता सेन, द्वन्द्व पीडितहरु राधिका श्रेष्ठ महेन्द्र भुसाल,गोमा बस्याल लगायतले बोलेका थिए।