ताजा अपडेट »

नेपाल समाजवादी पार्टीद्वारा बुटवलको ज्योतिनगरमा वृक्षारोपण

सोमबार, ०१ साउन २०८०

बुटवल । नेपाल समाजवादी पार्टी, जिल्ला समन्वय समिती रुपन्देहीले बुटवलको ज्योतिनगरमा वृक्षारोपण गरेको छ । लुम्बिनी प्रदेश इन्चार्ज कमल खनालको नेतृत्वमा बुटबलको ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा सोमबार वृक्षारोपण गर्दै नेसपाको संगठन निर्माण एवं विनेपाल समाजवादी पार्टी, जिल्ला समन्वय समिती रुपन्देहीले बुटवलको ज्योतिनगरमा वृक्षारोपण गरेको छ

लुम्बिनी प्रदेश इन्चार्ज कमल खनालको नेतृत्वमा बुटबलको ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा सोमबार वृक्षारोपण गर्दै नेसपाको संगठन निर्माण एवं स्तार अभियानको प्रारम्भ गरेको हो । नेसपामा जनताको दुःख सुखको पार्टी रहेको र ज्योतिनगर क्षेत्रमा पहिरोको जोखिम रहेकाले पार्टीले बृक्षारोपण गरेर संगठन निर्माण एवं विस्तार अभियानको सुरु गरेको प्रदेश इन्चार्ज खनालले बताए ।

कार्यक्रममा कार्यकारी सदस्य एवं प्रवास इन्चार्ज जिएस गुरुङ तथा रुपन्देही जिल्ला इन्चार्ज देवेन्द्र पान्डे, केन्द्रिय सदस्यहरु पन्कज राई, बिमल गिरी,हरि घर्तिमगर,शुशी पुलामी घर्तिमगर र बिमला बिक, प्रदेश उपाध्यक्ष नारायण नागिला, जिल्ला समिती प्रदेश समिती सदस्य बिष्णु केसी, बुटवल उपमहानगरपालिका अध्यक्ष सुरज हितान मगर, सिद्धार्थ नगरपालिका अध्यक्ष बिजय उपाध्याय, पार्टीको राष्ट्रसेवा संघका केन्द्रिय अध्यक्ष शोभाकान्त नेपाल लागायतका सहभागिता रहेको थियो ।