ताजा अपडेट »

रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा मुक्तिनाथधाममा सरसफाई

सोमबार, ०१ साउन २०८०

बुटवल । रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा बुटवलको नयाँगाउँ स्थित मुक्तिनाथधाम मन्दिर परिसरमा सरसफाई, फलफुल तथा पानी बितरण गरेका छन् । कार्यक्रममा रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष धुर्व प्रसाद कोइराला र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष जया भण्डारीको अध्यक्षता सोमबार सो कार्यक्रम गरिएको हो।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट आतिथ्यता बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र देवदह नगरपालिकाका प्रमुख धुर्व प्रसाद खरेलको रहेको थियो ।कार्यक्रमका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले रोटरी र रोट्र्याक्टले सामाजिक क्षेत्रमा पछिल्लो समय खेलेको भुमिका अतुलनीय रहेको बताए । साथै उनले क्लवहरु समाजका ऐना भएको हुँदा समाजमा देखापरेका समस्यालाई केही हद सम्म रोक्नका लागि सामाजिक उत्तरदायित्व भएर अभियान चलाउनु साच्चिकै मानवसेवा भएको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका पुर्व अध्यक्ष टंक प्रसाद पोखरेल , रोटरी चार्टर प्रेसिडेन्ट यादब प्रसाद भण्डारी , रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका चार्टर प्रेसिडेन्ट बिमल ढकाल , रोट्र्याक्ट क्लव अफ लुम्बिनी स्टार्सका पुर्व अध्यक्ष मुक्तिराम भण्डारी ,डिआरआर इलेक्ट बिक्रम क्षेत्री लगायत रहेको थियो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे , देवदह नगरपालिकाका नगरप्रमुख धुर्व प्रसाद खरेलले मन्तव्य राख्दै क्लवको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका सचीव गौरव पाण्डेले आफ्ना स्वर्गीय बुवाको सम्झनामा मन्दिरमा दान गरेका थिए भने फण्ड राइजिङ चेयर दिपक अधिकारीले पनि मन्दिरमा दान गरेका थिए । कार्यक्रममा ५० केजि , ५० दर्जन केरा , ३० जार पानी दर्शनार्थीलाई बितरण गरिएको थियो ।कार्यक्रम संयोजक बिस्वास घिमिरे , कार्यक्रमको स्वागत रोटरीका पुर्व अध्यक्ष बालकृष्ण पाण्डे , धन्यवाद सहित समापन धुर्व प्रसाद कोइराला र जया भण्डारीको रहेको थियो भने सञ्चालन रोटर्याक्ट तथा रोटरी सचीव बर्ष २०२३२४ बिमल ढकालको रहेको थियो ।