बुटवल । आर्थिक वर्ष २०७९/८० मा बुटवल उपमहानगरपालिकाले प्राप्त गरेको वित्तीय प्रगति सार्वजनिक गरेको छ । उपमहानगरले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा विनियोजन बजेटको ६९ दशमलव ५१ प्रतिशत खर्च गर्न सफल भएको छ ।
उपमहानगरले कूल २ अर्ब ४७ करोड ४५ लाख ७८ हजार ८ रुपैयाँ विनिजित रकम मध्ये १ अर्ब ७२ करोड ३ लाख २० हजार ३०९ दशमलव १३ रुपैयाँ खर्च गर्न सफल भएको छ । यसरी उपमहानगरले विनियोजन रकमको ३० दशमलव ४९ प्रतिशत अर्थात ७५ करोड ४२ लाख ५७ हजार ६९८ दशमलव ८७ रुपैयाँ खर्च गर्न नसकेको हो । यसैगरी विनियोजित बजेटको चालूतर्फ ७५.०६ प्रतिशत खर्च गर्न सफल भएको छ भने पूँजीगत तर्फ ६३ दशमलव ४९ प्रतिशत खर्च गरेको छ । यसैगरी वित्तीय तर्फ ८२ दशमलव ३४ प्रतिशत खर्च गरेको छ ।
उपमहानगरले चालूतर्फ १ अर्ब २७ करोड २३ लाख ७ हजार ८३० रुपैयाँ विनियोजन भएकोमा ९५ करोड ५० लाख ९९ हजार ६१८ दशमलव १४ रुपैयाँ खर्च गरेको छ भने ३१ करोड ७२ लाख ८ हजार २११ दशमलव ९ रुपैयाँ खर्च भएको छैन । यसैगरी पूँजीगततर्फ १ अर्ब १९ करोड २२ लाख ७० हजार १७८ रुपैयाँ विनियोजन भएकोमा ७५ करोड ६९ लाख ८६ हजार ९९६ रुपैयाँ मात्रै खर्च भई ४३ करोड ५२ लाख ८३ हजार १८२ रुपैयाँ रकम खर्च गर्न असफल भएको छ । यसैगरी वित्तीयतर्फ एक करोड विनियोजन भएकोमा ८२ लाख ३३ हजार ६९४ दशमलव ९९ रुपैयाँ खर्च भएको छ भने १७ लाख ६६ हजार ३०५ दशमलव ०१ रुपैयाँ खर्च भएको छैन ।
बुटवल उपमहानगरले गत आर्थिक वर्षमा आयतर्फ ७९ दशमलव २२ प्रतिशत लक्ष्य हासिल गरेको छ । कूल २ अर्ब ४७ करोड ४५ लाख ७८ हजार ८ रुपैयाँ अनुमानित आय हुने लक्ष्य राखिएकोमा १ अर्ब ९६ करोड ५ लाख १७ हजार ४७९ दशमलव ६६ रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।
प्रतिक्रिया