ताजा अपडेट »

रोटरी क्लब अफ तिनाउ बुटवलद्वारा दृष्टिविहिनहरुलाई सहायक सामग्री वितरण

शनिबार, ३० असार २०८०

बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलले दृष्टिविहिन भएका व्यक्तिहरुलाई सहायक सामग्री सेतो छडी उपलब्ध गराएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. २ का चारजना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी उपलब्ध गराएको हो।

शनिबार आयोजित कार्यक्रममा दृष्टिविहिन रहेका शितगंगा २ सितापुरका तारापती क्षेत्री मार्फत सेतो छडि प्रदान गरिएको क्लबले जनाएको छ। जन्मिदै दृष्टिविहिन रहेका क्षेत्री सितापुरस्थित शान्ति आधारभूत विद्यालयका शिक्षक समेत हुन्। सो अवसरमा बोल्दै शिक्षक क्षेत्रीले दृष्टिविहिनहरुका लागि सेतो छडी सहायक सामाग्री मात्र नभई यात्राको सहयोगी समेत रहेको बताए। आफु जन्मिदै दृष्टिविहिन भएपनि सेतो छडीकै सहायताले विद्यालय गएको र अहिले शिक्षक बन्न सक्ने भएकोले सेतो छडि आफुहरुको लागि सामान्य नरहेको बताए।

तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा दृष्टिविहिनहरुलाई यात्रामा धेरै समस्या हुने गरेपनि सरकारले सेतो छडि समेत प्रयाप्त उपलब्ध गराउन नसक्नु निकै दुखदायी भएको उनले गुनासो गरे। क्लबका अध्यक्ष अमृता भुसालले द्वितिय उपाध्यक्ष सावित्रा घिमिरेको विशेष पहल र सक्रियतामा सेतो छडी प्रदान गरिएको बताईन्।