ताजा अपडेट »

राष्ट्रिय युवासंघद्वारा खेलकुद सामग्री वितराण

शनिबार, ३० असार २०८०

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही क्षेत्र नं. ३ कमिटिको आयोजना खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शैक्षिक गतिविधि, स्वास्थ्य सचेतनामुलक एवं सामाजिक गतिविधि गर्दै आएको संघको क्षेत्रिय कमिटिले शनिबार तिलोत्तमा नगरपालिका वडा नं. १३ स्थित बनकट्टी रहेको सक्षम पाईला रिह्याविटेसन सेन्टरमा खेलकुद सामग्री वितरण गरेको हो ।

खेलकुद सामग्री वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं नेकपा एमाले रुपन्देही जिल्ला कमिटि सदस्य मनोज गौचनले रिहाविलिटेसन सेन्टरमा रहेका युवाहरुलाई खेल मार्फत नयाँ जीवनमा फर्काउने उद्देश्यले खेलकुद सामाग्री वितरण गरेकोमा कमिटिलाई धन्यवाद दिए ।

उनले युवा शक्ति देशको परिर्वतनकारी रहेको भन्दै सुधार घरबाट नयाँ जीवनका साथ बाहिर आएर युवाले समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने बताए । अहिले पनि सुधार घर प्रति धेरैको सोच नकरात्मक रहेको भन्दै सुधार घर जीवन बुझ्ने थलो पनि रहेको उनले बताए । कमिटिले भलिवल, फुटवल, चेस, लुडो लगाएतका खेल सामाग्री सक्षम पाइलाका ईन्चार्ज मनकार पुनलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बुद्धिराज थापा, राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष विकास बस्नेत, उपाध्यक्ष दिपक खड्गी, राष्ट्रिय युवा संघ तिलोत्तमा नगरपालिकाका ईन्चार्ज राजकुमार क्षेत्री लगाएतले बोल्दै राष्ट्रिय युवा संघ अब समाज परिर्वतनको संवाहक बन्न लागेको बताए । कार्यक्रम युवा संघ नेपाल रुपन्देही क्षेत्र नं. ३ का संयोजक कुशल थापाको अध्यक्षता तथा युवा संघ जिल्ला कमिटि सचिबालय सदस्य सम्झना केसी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।