ताजा अपडेट »

भैरहवा गाउँमा टोल सुधार समिति गठन

शनिबार, ३० असार २०८०

भैरहवा । भैरहवाकै उदगम स्थल मानिने भैरहवा गाउँको समग्र बिकासको लागि ठाकुर प्रसाद अधिकारीको अध्यक्षतामा "भैरहवा गाउँ टाेल सुधार समित" गठन भएको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा बिनोद विश्वकर्मा, सचिव सुजाता क्षेत्री, काेषाध्याक्ष विष्णुप्रसाद काफ्ले र सह-सचिवमा मनाेज कुमार ढाडी रहेका छन् ।

सदस्यहरुमा बाबुराम न्याैपाने, उर्मिला भट्ट, राजाराम ढाडी, सावित्री बराल, हरि जयसवाल, माधव लम्साल छन् भने आमन्त्रित सदस्यहरुमा सरिता काेईराला र बबिता बस्याल रहेका छन्। त्यसैगरि सल्लाहकार समितिमा कृष्ण राज ढुङ्गाना, नन्दलाल शर्मा, प्रकाश ढाडी, डाेलराज भण्डारी, खेमराज बस्याल, राम बहादुर श्रेष्ठ, पुनम क्षेत्री न्याैपाने र सुरेन्द्र प्रधान रहेका छन् । टोल सुधार समिति गठन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाका प्रमुख इस्तियाक अहमद खानले आफ्नो गाउँ ठाउको बिकासमा त्यहिका बासीन्दाको अग्रसरता आवश्यक रहेको बताए ।

नगरपालिकाले समग्र बिकासको लागि टोल स्तरमै यस्ता समिति गठन सुरु गरिएको उनले बताए । भैरहवाको उदगम स्थल भएकोले यसलाइ खुला संग्रहालयको रुपमा बिकास गर्न सकिने उनले बताए । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामाेदर शर्मा घिमिरेकाे अध्यक्षता र नगर प्रमुख इस्तियाक अहमद खानकाे प्रमुख अतिथित्वमा सम्पन्न कार्यक्रममा महिला वडा सदस्य सुष्मा प्रधानकाे स्वागत र ठाकुर प्रसाद अधिकारीकाे सञ्चालनमा रहेको थियो ।