ताजा अपडेट »

सप्तकोशीमा ट्रक खस्यो

शुक्रबार, २९ असार २०८०

सुनसरी। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक सप्तकोसी नदीमा खसेको छ ।आज बिहान पौने आठ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदै कोशी ब्यारेजको ९ र १० ढोकाबाट ट्रक सप्तकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।

सप्तकोसीमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको उद्धार गरिएको र हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। नदीमा खसेको ट्रक बेपत्ता छ ।