तिनाउ । डिभिजन वन कार्यालय पाल्पाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा कार्यक्रम पूर्वखोला गाउँपालिका–२ को ढोलीमारा सामुदायिक होमस्टेमा विहिवार सम्पन्न गरेको छ । कार्यक्रममा पाल्पा जिल्लाका पत्रकार तथा स्थानीयहरुको सहभागिता थियो ।
डिभिजन वन कार्यालय पाल्पाका डिभिजनल वन अधिकृत नारायणदेव भट्टराईले समीक्षा कार्यक्रममा(पाल्पा जिल्लाका विभिन्न ठाउँमा आयआर्जनमा वृद्धि हुने खालका बिरुवामा लगानी गरी पर्यावरण संरक्षणमा डिभिजन वन कार्यालय लागिपरेको जानकारी दिए । ढोलिमारा कबुलियती वन समुहका सचिव चित्रबहादुर कवँरले समुदायको आयआर्जनमा सहयोग पुगेको, बसाइ सराइलाई रोकिएको जानकारी दिए । २० हेक्टर क्षेत्रफलबाट बिस्तार गरि २७ हेक्टरमा अम्रिसो लगाईएको र वर्षमा पाँच लाखभन्दा बढीको अम्रिसो बिक्री गर्दै आईएको,चार हेक्टर क्षेत्रफलमा स्थानीय जडिबुटी टिम्मुर,तेजपात संरक्षण गरिएको र यो अवस्थासम्म ल्याईपुराउनको लागि डिभिजनल वन कार्यालय पाल्पाको ठुलो सहयोग रहेको जानकारी गराए ।
समीक्षा कार्यक्रमपछि पत्रकार एवम् आयोजकहरुले चुलिडाँडा क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । कार्यक्रममा सहभागी पाहुनाहरुलाई होमस्टेमा फूलमाला र पञ्चेबाजाले स्वागत गरिएको थियो । कार्यक्रम डिभिजन वन कार्यालय, पाल्पाका यमलाल पोखरेलको सञ्चालन र ढोलिमारा कबुलियती वन समुहका अध्यक्ष पहलसिह घर्तिको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रतिक्रिया