बुटवल । रोट्र्याक्ट कल्ब अफ लुम्बिनी स्टार्सले आफ्नो नियमित ५७ औँ बैठक सम्पन्न गरेको छ । बर्ष २०२३/२४ का लागि अध्यक्ष जया भण्डारी निर्वाचित भएपछीको पहिको पदाधिकारी उपस्थित बैठकले क्लबलाई थप सामाजिक क्षेत्रमा सकृय बनाउन र क्लबका सदस्यहरुको व्यक्तित्व बिकासका निम्ति थप कार्य गर्न क्लव अघि बढ्ने अध्यक्ष भण्डारीले बताइन् । कार्यक्रमको अध्यक्षता अध्यक्ष जया भण्डारीको रहेको थियो ।
कोषाध्यक्ष नारायण अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष योगेन्द्र कण्डेल , पुर्व अध्यक्ष मुक्तिराम भण्डारी र संस्थापक अध्यक्ष बिमल ढकालको रहेको थियो । पुर्व अध्यक्षहरुले क्लबलाई थप उर्जाशिल र शसक्त बनाउन क्लवका सवै सदस्यहरुको उतिकै दायित्व रहेको र सवैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका थिए । बैठकले क्लबको पदस्थापन असार भित्रै सम्पन्न गर्ने , नयाँ कार्यसमितिलाई बधाई ज्ञापान , आगामी बर्षको कार्ययोजना लगायतको बिषयमा छलफल भएको थियो ।
कार्यक्रमका अध्यक्ष जया भण्डारीले रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सलाई बिगतका बर्षहरुमा जस्तै यस् बर्षपनि सवैले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएकी थिइन् । उनले क्लबलाई थप शृजनशिल र सामाजिक क्षेत्रमा थप अग्रसर बनाउने दायित्व हाम्रो रहेको भन्दै सबैले साथ र समर्थन जनाउन पर्ने बताइन् । कार्यक्रमको धन्यवाद ज्ञापन दिपक अधिकारी र सञ्चालन क्लबका सचिव गौरव पाण्डेले गरेका थिए ।
प्रतिक्रिया