ताजा अपडेट »

सिटिजन्स बैंकले दियो खानेपानीलाई साढे ३ लाख सहयोग

विहीबार, २८ असार २०८०

बुटवल । सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शाखा कार्यालय कालिका नगरले शंकरनर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा २ योगीकुटीलाई ३ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले खानेपानीका अध्यक्ष झविन्द्र भण्डारीलाई उक्त चेक रकम प्रदान गरेका हुन ।

संस्थाले निर्माण गर्न लागेको फुलबारीको लागि सहयोगस्वरुप रकम प्रदान गरिएको बैंकको कालिकानगर शाखा प्रमुख किरण कुमार केसीले जानकारी दिए । सो कार्यक्रममा बोल्दै बैकको लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले बंैकले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत विभिन्न समयमा विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्दै आएको बताए । बैंकका लुम्बिनी प्रदेशका एरिया ४ प्रमुख सञ्जय पुनले आगामी दिन पनि यस्तै प्रकृतिको सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।